logo

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको  आदेश

      5/26/2017 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर कानुन अनुकूल नभएको जनाउँदै तत्काल अघि बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।


न्यायाधीश सपना मल्ल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्थानीय तहको सङ्ख्या वृद्धि तत्काल अघि नबढाउन सरकारका नाममा जारी गरेको अन्तरिम आदेशमा सिमाना हेरफेर गर्ने सम्बन्धमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र रक्षामन्त्री बालकृष्ण खाण सदस्य रहेको समितिले सरकारलाई गत वैशाख २९ गते बुझाएको प्रतिवेदनको निर्णय र सोबमोजिम भएका कामकारबाही कानुनअनुकूल नभएको हुँदा तत्काल कार्यान्वयन नगर्न भनिएको छ ।


सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को यही जेठ ८ गतेको बैठकले १६ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । आदेशमा गत साल फागुन २७ गते नेपालमा राजपत्रमा प्रकाशित सूचनाबमोजिम निर्धारण गरिएका ७४४ स्थानीय तह रहेको हुँदा स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सन्दर्भमा पछिल्लो पटक भएको सरकारको निर्णय र सोका आधारमा भएका सबै कामकारबाही तथा निवेदनको किनारा नलागेसम्म कार्यान्वयन नगर्न÷नगराउन भनिएको छ ।


स्थानीय तहको सङ्ख्या बढाउने निर्णयविरूद्ध यही जेठ ३ गते अधिवक्ता धनबहादुर श्रेष्ठसहिता तीन जनाले रिट निवेदन दायर गर्नुभएको हो । निवेदकका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा र रामप्रसाद श्रेष्ठ, अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, डा सुरेन्द्र भण्डारी, रुद्र नेपाललगायतले तथा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.