logo

बीस दिनको उपचारपछि घर फर्किदैँ राउटे कपिल, सभामुखलाई भने: हाम्रो भत्ता बढाइदिनुस्

      5/9/2017 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही (राउटे) को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् ।


उपचारका लागि ट्रमामा आउँदा जलेर शरीरमा भएका घाउमा किरा परेको र मासु कुहिएर दुर्घन्धित अवस्था रहेका कपिल आज भने सामान्य हिँड्डुल गर्न र बोल्न सक्ने भएका छन् । पूर्णरुपमा उपचार हुन अझ केही समय लाग्ने भए पनि १२ वर्षपछि हुन लागेको राउटेको कुल देवताको पूजाका लागि घर नगई नहुने भएपछि उनी भोलि घर फर्कन लागेका छन् ।


उनको स्वास्थ्य अवस्थाबारे बझ्न र बिदाइ गर्न आज ट्रमा सेन्टर पुग्नुभएकी सभामुख ओनसरी घर्तीले कपिलको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “नेपालले नयाँ अनुहार फेर्दै छ । हामीले बनाएको संविधान कार्यान्वयन हुँदैछ । स्थानीय तहको निर्वाचनले धेरै विकासका ढोका खोल्नेछ । राउटेलाई पनि आधुनिक समाजको हिस्सा बनाउन काम गर्नेछ । उनीहरुका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि मैले पहल गर्नुेछु ।”


सभामुखसँग कुरा गर्दै बिरामी कपिलले जङ्गलमा उपचार नपाउँदा धेरै पीडा भएको सुनाए । उनले भने, “मलाई धेरै खुसी लागेको छ । अहिले मलाई पहिलेभन्दा निकै राम्रो छ । म यति राम्रा डाक्टरसँग नआइपुगेको भए त मरिसक्थे होला । दीपेश दाइले मलाई काठमाडौँ ल्याएर उपचार गर्न सहयोग गर्नुभयो । म निकै खुसी छु ।”


उनले उपचारमा सहयोग गर्ने चिकित्सक, दीपेश र आफ्नी भान्जीलाई धन्यवाद दिँदै सरकारले राउटेलाई दिँदै आएको रु दुई हजार भत्ता बढाएर पाँच हजार पु¥याइदिन सभामुखमार्फत अनुरोध गरे । “आजकल जङ्गलमा काठ सजिलै काट्न पाइँदैन । काठ नभएपछि हामी कसरी सामान बनाई बेचेर गुजारा गर्ने रु त्यसैले हाम्रो भत्ता बढाई दिनुप¥यो,” उनले भने ।


गैरआवासीय नेपाली सङ्घ बेल्जियमको पहलमा बेल्जियमका ट्रमा विशेषज्ञ डा गिअ ब्युकोर्टको सहयोगमा उनलाई दैलेखबाट गत वैशाख ७ गते साँझ काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमा सेन्टरका प्लास्टिक सर्जरी विभाग प्रमुख डा पियुष दाहालको नेतृत्वमा डा अपार लामिछाने, डा श्वेता जैसवाल, डा पशुपतिलगायतको टोलीले कपिलको उपचार गरेको थियो ।


उपचारमा संलग्न चिकित्सक पियुष दाहालका अनुसार कपिलको आउँदाको अवस्था नाजुक भएको, काखी र पेटको भाग बढी बिग्रेको तथा दुर्गन्धित अवस्थामा रहेको थियो । “अहिले धेरै सुधार भइरहेको छ । हामीले पहिलो चरणमा घाउ सफा गर्ने, दुर्गन्ध हटाउन शल्यक्रिया ग¥यौँ । त्यसपछि छाला प्रत्यारोपण ग¥यौँ । उनलाई पूरै निको हुन समय लाग्छ । हामीले निको भएपछि लान आग्रह गरेका थियौँ तर उहाँको जानै पूजाका कारण पुन सुर्खेत अस्पतालमा आई उपचार जारी राख्ने सर्तमा जान दिएका हौँ ।”


राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष तथा राउटेकी भान्जी सत्यदेवी खड्काको पहलमा काठमाडौँमा उपचारका लागि आउन सहमत भएका थिए । लामो समयदेखि राउटेका लागि काम गर्दै आउनुभएकी अध्यक्ष अधिकारीलाई राउटेले भान्जी मानेका छन् । उहाँले भन्नुभयो, “२०७२ साल पुषमा उनी जलेका हुन् । हामीले दुई दिनपछि मात्र थाहा पायौँ । जङ्गलमै गएर भेटेका थियौँ । उपचारका लागि जाऔँभन्दा उनीहरु क्यै गरी राजी भएनन् । यो कुरा उपराष्ट्रपतिका पुत्र दीपेश पुनलाई थाहा थियो । उहाँले पार्टीको युरोप भ्रमणमा जाँदा एनआरएनका महासचिव लोकप्रसाद दाहाललाई भन्नुभएको थियो । अनि दाहालको प्रयासले नै बेल्जियमका ट्रमाका विशेषज्ञ नेपाल आउनुभएको थियो ।”


उपराष्ट्रपति पुत्र पुनले विदेशी चिकित्सकलाई दिएर दैलेख पुगेको अनुभव सुनाउँदै कपिल तीन दिन पूजामा सहभागी भएर पुनः सुर्खेतस्थित अस्पतालमा आई फिजियोथेरापीसँगै उपचार जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएका चेतनाका कुनै कार्यक्रम नेपालका लोपोन्मुख अवस्थामा रहेका राउटेसम्म पुग्न सकेको छैन् । त्यसैले उनीहरु अहिले पनि बिरामी हुँदा चिकित्सकसँग उपचार गराउन वा औषधि खान मान्दैनन् । त्यसका लागि सरकारले पहल थाल्न आवश्यक छ ।”


नेपालमा राउटको सङ्ख्या १५० छ । पश्चिम नेपालको दैलेख, सुर्खेत र सुदरपश्चिमका जिल्लाका जङ्गलमै फिरन्ते जीवन बिताइरहेका छन् । सरकारले आज मात्रै कपिलको थप उपचार र राउटेको कुल पूजाका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.