logo

अन्सारीको एमाले प्रवेशसंगै महानरगर प्रमुखको भिडन्त रोचक हुने

      6/12/2017 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

बीरगंज २९ जेठ । गएको सम्बिधान सभामा पर्सा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका प्रत्याशी रहेका बसरुदिन अन्सारी सोमवार एक कार्यक्रमकावीच एमाले प्रवेश गरेका छन । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको बीरगंजमा अन्सारीको एमाले प्रवेशले एमाले पंक्तिमा उत्साह र निराशा सहितको मिश्रीत प्रतिक्रिया देखिएको छ ।

मधेश आन्दोलनमा संलग्न रहेका दलहरुको आक्रमणको तारो बनेको नेकपा एमालेले राजनीतिक गतिविधि संचालनमा असहजता महशुस गरेको थियो । अन्सारीको प्रवेशले जनशक्ति र स्रोत परिचालनमा पनि एमाले कमजोर नहुने मनोबिज्ञानले एमाले पंक्तिलाई उर्जा पैदा गरेको छ । एमाले प्रवेश गरेका अन्सारी पार्टीको तर्फबाट बीरगंज महानगरका मेयर पदका उम्मेदवार हुने निश्चित छ ।

७० को सम्बिधान सभामा अन्सारीले ४ हजार बढी भोट ल्याएका थिए । पर्साको क्षेत्र नं २ मा नेकपा एमालले पनि ६ हजार बढी भोट प्राप्त गरेको थियो । पर्साको क्षेत्र नं १ मा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर भएपनि  “मुस्लिम” फ्याक्टरले काम गर्ने बिश्लेषकहरुको दावी छ । बीरगंज महानगरको  वडा नं १,२,३ मा मुस्लिम समुदायको उल्लेख्य संख्या छ जुन अन्सारीको लागि फाइदाजनक सावित हुन सक्छ ।

नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति  अजय कुमार द्विवेदी महानगरको मेयरको उम्मेदवारको रुपमा पक्कापक्की भएपछि हालका सभासद राजेन्द्र बहादुर अमात्य पनि भोलीको दिनकालागि आफू सुरक्षीत भएको महशुस गर्दैछन । जसले द्विवेदीलाई जिताउन उनको भरमग्दुर प्रयत्न हुनेछ । नेपाली कांग्रेस पर्सा भित्र सबै पद द्विवेदीलाई चाहिने भन्ने खालको  आवाज सुषुप्त रुपमा उठेपनि त्यसले खासै असर पार्ने देखिदैन ।

एमालेमा भने मेयरका प्रस्तावित उम्मेदवारहरु मध्य सुन्दरकुर्मीमा असन्तुष्टि रहेको छ । तर पार्टीको निर्णयलाई मानेर हिडने कुरामा उनी प्रतिवद्ध रहेको उनी  निकटकाले बताएका छन । संघीय समाजवादी फोरमबाट बिजय सरावगी चुनावी मैदानमा उत्रिएका छन । राजपाले चुनावमा नजाने भएपछि महानगरमा लोकप्रिय उम्मेदवारका रुपमा प्रतिस्पर्धामा रहने आश गरिएका बिमल श्रीवास्तव भने चुनावी मैदानमा रहने सम्भावना  छैन ।

राजनीतिक रुपमा ताल ठोकेर आफनो उपस्थिति जनाउन नसकेको एमाले अन्सारीको प्रवेश संगै बलियो प्रतिस्पर्धीको रुपमा महानगरमा  देखा परेको छ । अन्सारीको एमाले प्रवेश र उम्मेदवारीले बीरगंज महानगरको प्रमुखको लडाईलाई रोचक मात्र बनाउने छैन । सहज आकलनहरु फेल भएर जाने अवस्था निर्माण भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.