logo

उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छः राजपा नेता महतो

      6/14/2017 गते 00 00 मा प्रकाशित     1399   पटक पढिएको

बीरगंज ३१ जेठ । सम्बिधान संशोधन शहीद घोषणा,घाइतेको उपचार स्थानीय तहको बृद्धि लगायतका माग पुरा नभए मधेशमा चुनाव नहुने राजपाका नेता बताएका छन   । 
राष्ट्रीय जनता पार्टीका अध्यक्षमण्डलका  नेता महतोले बीरगंजको आन्दोलनको केन्द्र घण्टाघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको माहोल बन्दै गरेको चर्चा चलाएर ठुला दलले जनताको बिरुद्ध षडयन्त्र गरेको आरोप लगाए  ।

उनले  जुन सम्बिधान मधेशी जनताका निम्ति बिभेदकारी छ त्यसलाई कार्यान्वयन गर्ने गरि गर्न लागिएको स्थानीय तहको निर्वाचनमा आफूहरुले भाग नलिने बताए  । उनले राजपा बिनाको चुनाव मधेशमा हुन नसक्ने दावी गरे । निर्वाचनका लागि पहिले सरकारलाई  सीमाकंन विवाद सल्टाउने ढोका खोल्ने उनले सुझाए । नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विवाद सुल्झाउने सुनिश्चितता गर्नुपर्यो । संविधान निर्माण गर्दा एकसाथ रहेका ठूला तीन दल अहिले संशंोधनका लागि दुई तिहाई नपुग्ने भन्दै पन्छिन खोजेको उनले आरोप लगाए । 

‘दुई तिहाईको बहाना मात्र हो,’ उनले भने, ‘त्रुटिपूर्ण संविधान निर्माण गर्दा सबै मिल्ने अनि अहिले संशोधन गर्दा नमिल्ने, सुधार गर्ने जिम्मा पनि उनीहरुकै हो ।’ मधेसका जनताले निर्वाचनभन्दा अगाडि अधिकार चाहेको उनले बताए । अगामी असार १४ को चुनाव नसारे अनर्थ हुने चेतावनी दिए ।‘मधेसीको समस्या समाधान गरेर निर्वाचन गराए देश बच्छ,’ महतोले भने, ‘नत्र देशमा अनर्थ हुन्छ । समस्या दुई नम्बर प्रदेशमा मात्र छैन्, पुरै मेचीदेखि महाकालीसम्म छ ।’ 

मधेशमा संघीय समाजवादी फोरम तपाईहरुको तारोमा किन परेको हो भनी पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै नेता महतोले हक अधिकारकालागि लडेकोे भन्दै जनतालाई शहादत दिन लगाउने यादवलाई  अहिले त्यत्रो आन्दोल अध्यक्ष र मेयर बन्नकालागि हो र ? भन्दै जनताले सोध्न खोजेका होलान भने ।  । उनले उपेन्द्र यादव के.पी.ओलीको नयाँ अवतारको रुपमा देखा परेको चर्चा गर्दै उनी बिरुद्ध आफनो पार्टीलेकेही नगरेको दावी गरे ।

यादव त हाम्रा मित्र हुन नी महतोले भने  हाम्रो मित्र भएर हुदो रहेनछ जनताले नछोडने रहेछन । उनले उपेन्द्र यादवको मानसिक अवस्था ठिक नभएको बताए । मंगलवार मात्र यादवले राजेन्द्र महतोलाई भारतीय नागरिक भएको टिप्पणी गरेका थिए । यादवको त्यो टिप्पणीको प्रतिवाद गर्दै नेता महतोले हिजो आन्दोलनको बेलामा नाकामा बस्नेहरु जनतालाई भारतीय भन्ने गरिएको थियो आज उपेन्द्र जी त्यही भन्दै हुनुहुन्छ यस्तो कुरा त स्वस्थ नेताले भन्नै सक्दैननी भने ।आन्दोलनलाई चर्काउन आज बीरगंज झरेका महतो केही दिन मधेशमै रहने बताइएको छ । 

पत्रकार सम्मेलनमा राजपाका जीतेन्द्र सोनल, राजेशमान सिंह, सुरेन्द्र कुर्मी, शिव पटेल, शशी कपुर मियाँ, पुरुषोत्तम झा लगायतका नेता उपस्थित रहेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.