logo

पत्रकारमाथि आक्रमण गर्नेहरुद्वारा सार्वजनिक रुपमा क्षमा याचना 

      6/13/2017 गते 00 00 मा प्रकाशित     1409   पटक पढिएको


वीरगञ्ज, ३० जेष्ठ : नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि आक्रमण गर्ने दोषीहरु मंगलबार पत्रकार महासंघको भवनमा पुगी पर्सेली पत्रकारहरु माझ सार्वजनिक रुपमा माफी मागेका छन् ।
                         
मंगलबार विहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा भएको कार्यक्रममा फोरम नेपाल निकटको यूवा संगठनका कार्यकर्ताहरु सुजित गिरी, एजाजबाबु राकी र कृष्णा चौरसियाले गल्ती स्विकार्य गर्दै सार्वजनिक रुप मै क्षमा याचना गरेका हुन् । तीनैजना केहि दिन अगाडी मात्रै फोरममा प्रवेश गरेका थिए । 
                       
सो अवसरमा संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले लोकतन्त्रको मेरुदण्ड रहेको सञ्चार जगतलाई स्वतन्त्ररुपमा लेख्ने बोल्ने अधिकार भएको बताए । पत्रकारलाई दुरव्र्यहार गर्ने, अपमानित गर्ने छुट कसइलाई पनि नभएको भन्दै यादवले तिवारी माथी भएको कार्यरतापूर्ण आक्रमणको निन्दा समेत गरे । 
                     
अगामी दिनमा यस्ता घटना हुन नदिन आफ्ना कार्यकर्ताहरुलाई जिम्मेवार बनाई पत्रकार र राजनीतिक दलका नेता बीचको सम्बन्ध सुमधुर बनाउन आफु निरन्तर लागि रहने प्रतिबद्धता यादवले व्यक्त गरे । दोषीहरुले सार्वजनिक रुपमा क्षमा याचना गरेपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको सचिव यूवराज खड्काले जानकारी दिए । 
                 
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, पार्षद ध्रुव साह, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस सेण्टरका पर्सा अध्यक्ष निजर पिठाकोठे मगर, प्रेस सोसाइटीका छठु साह, मधेशी पत्रकार समाजका श्रवण साह, मेचिमहाकाली मिडिया सोसाइटीका जितेन्द्र साह लगायतको सहभागिता रहेको थियो । 
                     
जेष्ठ २२ गते सोमबार बेलुकी वीरगञ्जको विर्ता स्थित एक होटलमा खाजा खाइरहेका बेला पत्रकार तिवारी माथि सुजीत गिरी, एजाजबाबु राकी र कृष्ण चौरसियाले मोबिल छ्यापेर दुव्र्यहार गरे पछि त्यसको विरोधमा पत्रकार महासंघ पर्सा शाखाले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.