logo

मानव अधिकार वर्षपुस्तकको समिक्षा सम्पन्न

      6/29/2017 गते 00 00 मा प्रकाशित     1904   पटक पढिएको

बीरगंज १५ असार । नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा अद्र्धवार्षिक समिक्षा गोष्ठी बिहिवार असार १५गते बीरगंजमा सम्पन्न भएको छ । गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले १०१७ को जनवरी देखी जुन सम्मका घटनाहरुका बिषयमा प्रकाश पारेका थिए । ६ महिनाको अवधीमा हत्याका ५ ,मानव बेचबिखनका २ बलात्कार प्रयास ३ बलात्कारका ६ बहुबिवाह २, शरीर बन्धक तथा अपहरणका १ घटनाहरु दर्ज भएको बताएका थिए । जिल्लामा बलात्कारका घटनाहरुमा १५ वर्ष भन्दा कम उमेरका वालिकाहरु पीडित भएको उनले बताए । बेचबिखनमा रोजगारको खोजीमा रहेका युवा महिलाहरु पर्ने गरेको उनले बताए । उनले घरेलुहिंसा बढदै गएर हत्यामा पुगेका घटनाहरु प्रकाशमा आएको बताए । कार्यक्रममा अधिवक्ता हरेराम सर्राफले मानव अधिकार उल्लंघनाका घटनाहरु राज्यका संयन्त्रमा दर्ता भएभन्दा बढी रहेको चर्चा गरे । उनले त्यस्ता घटनाहरु वर्ष पुस्तककमा अभिलेखीकरण गर्नकालागि इन्सेकले आफनो क्षमता बढाउनु पर्नेमा जोड दिए ।  उनले तथाकथीत तल्लो जातका भनिने समुदायका वालवालिकाको जन्मदर्ता समेत नभएको र उनीहरुले यस बारेमा सूचना समेत नपाएको बताए । उनले नागरिकको आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको बताए । अधिकारको उपभोगको बतावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरुले झन बाधा सृजना गरेको उनको भनाई छ । उनले बलात्कारका घटनाहरु कतियप अवस्थामा बदला लिने मनोबिज्ञानबाट प्रेरीत हुने देखिएकोले राम्रो अनुसन्धान हुनु पर्नेमा जोड दिए । कार्यक्रममा पर्साका डिएसपी चक्रराज जोशीले  नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध रहेको बताए । शून्य सहनशीलता ,नो भ्रष्टाचार र मानव अधिकारको रक्षा पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाई थियो । राज्यको फ्रन्टलाईनमा बसेर जनताको जीउधनको सुरक्षामा लागेको प्रहरीसंग मानव अधिकार रक्षा गर्ने दायीत्व पनि त्यतीकै रहेको उनले बताए । उनले प्रहरीको ब्यवहारबाट मानव अधिकार रक्षा हुनु पर्ने बताए । उनले प्रहरी संगठन भित्र पनि मानव अधिकार सेल रहेको र त्यो सेलले सबै प्रहरी कर्मचारीकालागि मानव अधिकार सम्बन्धी हाते पुस्तिकाको ब्यवस्था गरेको बताए । पर्सामा बलात्कारका घटनाहरुमा वालिकाह्रु बढी पीडित भएको पाइएको उनले बताए । उनले  महिलासंग सम्बन्धीत बिषयलाई सम्बेदनशील रुपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए । उनले कतिपय अवस्थामा छलछाम गर्ने र छक्याउने गरि मुद्धाहरु आउने गरेको आफनो अनुभव रहेको बताए । उनले समाजमा उक्साउने र हतोत्साही गर्ने दुबै पक्ष समाजमा क्रियाशिल रहेको बताए । राज्यको शक्ति बन्दुक गोली सबै प्रहरीसंग भएकोले मानव अधिकार उल्लंघन प्रति प्रहरी जिम्मेवार छ तर अर्को पक्षबाट भइरहेको आक्रमणका क्रममा प्रहरीले घुडा कता छ भनेर हेर्न कठिन हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस युनियनका केन्द्रीय सदस्य बिजय कुशवाहा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर गौतम,नेपाल मानव अधिकार  संगठन पर्साका सचिव शिवनाथ यादव सामाजिक अभियान्ता प्रकाश थारु पत्रकारहरु बिजय भण्डारी सुरेश बिडारी प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष निरज पिठाकोटे मगर महिला अधिकार मंचकी राजकुमारी उपाध्याय लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले इन्सेकले वर्षपुस्तकको समिक्षा गरेर राम्रो काम गर्ने गरेको बताए । मानव अधिकारका बिषयमाहरुमा जिम्मेवार निकायसंग छलफल हुने गरि इन्सेकले छलफल गर्ने गरेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.