logo

आदर्शनगरमा ग्रिन सिटी यात्रु प्रतिक्षालय

      6/15/2017 गते 00 00 मा प्रकाशित     1362   पटक पढिएको

वीरगञ्ज, १ असार ः वीरगञ्जको आदर्शनगरमा निर्माण भएको यात्रु प्रतिक्षालयको बिहीबार उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले यात्रु प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो ।

ग्रिन सीटि सामुदायिक सेवा केन्द्रको पहल र कादम्बरी एकेडेमीको आर्थिक सहयोगमा आदर्शनगरमा प्रतिक्षालयको निर्माण गरिएको ग्रिन सिटि सामुदायिक सेवा केन्द्रका मुर्ली जलानले जानकारी दिए । उद्घाटन कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी, ग्रिन सिटि समुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

दुई साता पहिले वीरगञ्जको महाविर स्थान नजिकै मुख्य सडकमा सवारी दुर्घटनामा परी १४ बर्षिया दिया अग्रवालको मृत्यु भएपछि ग्रिन सिटि सामुदायिक सेवा केन्द्रले गत जेठ १४ गते आयोजना गरेको छलफल कार्यक्रममा स्कुले बालबालबालिकाहरुको लागि बस स्टप बनाउने सहमति भएको थियो । त्यही अनुसार हाल वीरगञ्जका विभिन्न ६ स्थानमा यात्रु प्रतिक्षालय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्षालय भएकै स्थानमा विद्यालयको बस रोकेर विद्यार्थीहरुलाई चढाउने र ओराल्ने व्यवस्था मिलाउने तयारी भईरहेको छ । झण्डै १लाख रुपैया लागत लाग्ने प्रतिक्षालय बनाउन विभिन्न दाताहरु पनि तयार छन् । आदर्शनगरकै भाजुरत्न ईन्जिनियरिङ नजिकै अर्को यात्रु प्रतिक्षालय तयार भईसकेको जलानले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.