logo

जनताको हितमा रहेकोले पार्टीले माया पायोःनेता नेपाल

      7/25/2017 गते 00 00 मा प्रकाशित     1465   पटक पढिएको

वीरगंज १० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनताको दुःखमा साथ दिएकोले नेपाली जनताले एमाललेलाई ठुलो पार्टी बनाएको बताउनु भयो । उहाँले जनताको हितमा रहेकोले जनताले एमालेलाई माया गरेको दावी गर्नु भयो ।  
नेकपा एमाले वीरगंज महानगर कमिटीले नेशनल मेडिकल कलेज वीरगंजमा आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले निर्वाचन लोकतन्त्रको प्राणबायु भएको बताउदै राजपालाई पनि चुनावमा सहभागि हुन अपिल गर्नु भयो ।
नेता नेपालले देशको विभिन्न प्रदेशहरुमा नेकपा एमाले जसरी एकताबद्ध भएर बिजय हासिल गरेको छ त्यसैगरी वीरगंज महानगरपालिकामा पनि एकताबद्ध भएर पार्टीलाई जिताउन  कार्यकर्ताहरुलाई निर्देशन दिनु भयोे ।

नेकपा एमाले सरकारमा रहेको बेला कृषि आधुनिकरण परियोजना, जनता आवास कार्जक्रम, बृद्धबृद्धाको लागि भत्ताको व्यवस्था, निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल,  फास्ट ट्रयाक लगायतका कामहरु गरेकोले जनताले एमालेलाई विश्वास गरेको बताउनु भयो । 


सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राजपा लगायतका विभिन्न पार्टी परित्याग गरी करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । रामाधार प्रसाद चौरसिया, हरिशंकर महतो, हिरा साह तुरहा, सनु राउत कुर्मी, प्रभात चौरसिया, संजय पटेल, संदिप चौरसिया, संदिप पटेल, बिरनारायण चौरसिया लगायत नवप्रवेशीहरुलाई पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी बसरुदिन अन्सारी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम महानगर संयोजक उसमान अन्सारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.