logo

निर्माण कम्पनीका कारण बीरगंजको दुर्दशा,छिटो काम सक्न मंत्रीको निर्देशन

      7/28/2017 गते 00 00 मा प्रकाशित     1957   पटक पढिएको

साउन १३ बीरगंज ।
शहरी विकास मन्त्री प्रभु साहलाई बीरगंजका स्थानीयले निर्माण कम्पनीका ठेकेदारले बेलैमा काम सम्पन्न गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन । उनीहरुले काम बेलैमा गर्न नपरोस भन्नकालागि ठेकेदार कम्पनीलेनै केही ब्यक्तिलाई भाडामा लिएर समस्या सृजना गर्ने गरेको समेत उनीहरुले मंत्रीलाई जानकारी गराए ।स्थानीय जनताको कुरा सुनेपछि शहरी विकास मन्त्री प्रभु साहले बीरगंजमा निर्माणाधिन योजनाहरुमा ढिलाइ कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। वीरगन्जमा निर्माण भइरहेका विभिन्न योजनाहरुको कार्यान्वयन निरीक्षण गरेपछि मन्त्री साहले यस्तो बताएका हुन्।

शुक्रबार निर्माणसंग जोडिएका सरोकारवाला निकायहरुलाई निर्देशन दिँदै मन्त्री साहले ठेकेदारको इच्छाअनुसार निर्माण योजनालाई 
 तलमाथि गर्न नपाइने कुरामा ध्यान दिन निर्देशन दिए । निर्माण कम्पनीहरुले काममा ढिलाई गरेर त्यसबापतको रकम आफनो अन्य काममा लगाउने गरेका छन । जस्को कुप्रभाव अहिले बीरगंजको बिकासमा देखा परेको छ ।
बीरगंजमा ३ सय करोड भन्दा बढीको एडिबीको आर्थिक सहयोगमा बीरगंजमा संचालित मझौला शहर, एकिकृत शहरी बातावरण सुधार योजना ,एकिकृत भंसार चेकपोष्टको निर्माण, ५० करोड लागतको निर्माण हुदै गरेको फोहर मैला व्यवस्थापन केन्द्र र एकिकृत भन्सार चेकपोष्ट सम्म निर्माण हुने ६ लेन सडकको मंत्री साहले स्थलगत अवलोकण गरेका थिए ।  सबै परियोजनाहरुको लागत ७ अर्व हुन आउछ । निर्धारित समय भन्दा १ वर्ष ४ महिना बढी समय लागे पनि निर्माणको काम सम्पन्न भएको छैन । औसतमा अझै पनि २० प्रतिशत निर्माणको काम बाँकी रहेको छ भने परियोजनागत रुपमा हेर्दा ६ लेनको सडक निर्माणको काम भंसार क्षेत्र खण्डमा शुरु समेत भएको छैन । 

योजना कार्यान्वयन गर्नेहरुको कमजोरी र ठेकेदार कम्पनीको लापारवाहीले निर्माण योजनाहरुमा ढिलाइ हुने गरेको गुनासो लाई मंत्री साहले गम्भिर बिषय भन्दै कुनै पनि हालतमा काममा हुने बिलम्ब स्वीकार्य नरहेको बताए । मंत्री साहले नीतिगत निर्णयको आवश्यकता परेमा र तदनरुपको बजेट चाहिएमा सरकारले निर्णय गर्ने स्पष्ट पार्दै निर्माणको गती बढाउन निर्देशन दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.