logo

एमालेको सक्रियता बढदो,दिन भरि भेला र पार्टी प्रवेश कार्यक्रम चलिरह्यो

      8/5/2017 गते 00 00 मा प्रकाशित     1394   पटक पढिएको

वीरगंज २१ साउन । आसोज २ को स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश नं २ मा नेकपा एमाले क्रियाशिल भएको छ । पार्टीका महासचिव ईश्वर पोख्रोल उपमहासचिव बिष्णु पौडेल ,घनश्याम भूसाल सचिव प्रदीप ज्ञवाली योगेश भट्टराई गोकर्ण बिष्ट लगायतका नेताहरु पार्टीको दैनीक काममा समेत २ प्रदेशमा सहभागि भएका छन । कमिटीका बैठकहरु कार्यकर्ताको परिचालन स्थानीय तहका एजेण्डाहरुको सेटिङमा समेत एमाले नेताहरुको सहभागिताले सिंगो प्रदेश चलायमान भएको छ । एमालेको आधारभूत रुपमा रहेको टोल कमिटी देखी सबै जनसंगठका स्थानीय कमिटीहरु एकै पटक सक्रिय भएका छन । २ प्रदेशमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सिंंगो कार्यकर्ता पंक्ति पनि उत्साहित भएको देखिन्छ । त्यही सक्रियाताको प्रभाव प्रदेश नं २ को एक मात्र महानगर बीरगंजमा पनि देखिएको छ । शनिवार १५,८ १२ र ३ न वडामा एमालेको साना सभाहरु सम्पन्न भएका छन । ती कार्यक्रममा दर्जनौ ब्यक्तिहरु एमालेमा प्रवेश समेत गरेका छन । शनिवार सम्पन्न कार्यक्रममा एमाले नेताहरुले 
कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको बताए । उनीहरुले सामाजिक न्यायको पक्षपाती नेकपा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतले बिजयी बनाई देशकै ठुलो पार्टी बनाउन नागरिकसंग अपिल गरे । 
कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले मधेस आन्दोलनकै कारण प्रदेश नं. २ को निर्वाचन पछि धकेलिएको र विकासमा पछाडि परेको बताए । उनले नेकपा एमालेकै सक्रियतामा दलित, गरिबहरुको उत्थानको लागि मधेसका २० वटा जिल्लामा जनता आवास कार्यक्रम मार्फत २० हजार घर निर्माण कार्य भइरहेको बताए  । शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायत भौतिक पूर्वाधारको विकासको लागि सूर्य छापमै मत दिन आग्रह गर्दै उनले  संविधानमा दलित, महिला, जनजाति, मुस्लिम, पिछडावर्गको अधिकार सुनिश्चित रहेकोले त्यसको भरपुर सदुपयोग गर्नु पर्नेमामा जोड दिए  ।
यसैगरी विभिन्न पार्टी परित्याग गरी वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा अध्यक्ष जितेन्द्र सिंहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार बसरुदिन अंसारी, पार्टी पर्साका संयोजक प्रभु हजरा, प्रदेश नं. २ का सदस्य प्रेमा पौडेल महिला नेतृ निर्मला देवकोटा प्रभा खडका डा.बिश्जम्भर शर्मा लगायतकाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी वीरगंज वडा नं. ८ गहवामा अच्छेलाल कम्हारको अध्यक्षतामा वडा भेला एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी भाग्यनारायण महरा, सरोज राम, श्रीराम ठाकुर, रामदेव साह कानु लगायत करिब सय जनाले नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसैगरी वीरगंजको वडा नं. ७ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मृत्युञ्जय वर्णवालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरुले हलिम सेख, सिकन्दर सेख, प्रमोद कायस्त, बिकाउ मिया,  सुबास पटेल, मुकेश कुमार साह लगायत १सय २२ जनालाई टिका माला लगाएर नेकपा एमालेमा प्रवेश गराएका थिए । त्यसैगरी नेकपा एमाले वीरगंज महानगरपालिका वडा नं. १२ को आयोजनामा वडा भेला सम्पन्न भएको छ । अली अंसारीको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले नेकपा एमालेलाई जिताउन सबैले सुर्य चिन्हमा मतदान गर्नलाई आग्रह गरेका थिए  । 
यसैगरी वीरगंज वडा नं. ३ छपैयामा हदिस अंसारीको अध्यक्षतामा इकाई कमिटिको भेला सम्पन्न भएको छ । कार्यक्रमहरुमा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र साह, नेकपा एमाले क्षेत्र नं. २ का ससभासद बिचारी यादव, वीरगंज महानगरपालिकाका उपमेयरका उम्मेदवार सोफिया आचार्य, नेताहरु डा.विश्वम्भर शर्मा, प्रभु हजरा, उसमान अंसारी, मानदेव हजरा, महिला नेतृ निर्मला देवकोटा, चिरञ्जीवी आचार्य,  प्रभा खडका, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, निरञ्जन मिश्र लगायतले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.