logo

औधोगिक करिडोरलाई बिधुत आपूर्ती नियमित गर्न मांग

      8/10/2017 गते 00 00 मा प्रकाशित     2383   पटक पढिएको

बीरगंज २६ साउन ।विगत केही महिना देखि बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिमा ठूलोमात्रामा अनियमितता आएको छ । दैनिक बीसौं पटक विद्युत लाईन जाने,भोल्टेजको उतार चढावले दिनहुँ जसोउद्योगका मेशिनरी सामानहरु खराब हुने अवस्था मौजुद छ । स्थानीय तहमा पटक पटक समस्या अवगत गराउँदै आएता पनि विद्यमान समस्या केन्द्रीय तहको हो स्थानीय स्तरबाट केही पनि गर्न नसकिने जवाफ दिने गरिएको बीरगंज उधोग वाणिज्यसंघका बिधुत आपूर्ती समितिका संयोजक हरि गौतमले बताउनु भयो । 

बीरगंज पथलैया औधोगि ककरिडोरमा बिधुत आपूर्ती समस्या हल गर्नकालागि छुट्टै औद्योगिक फिडर जडान समेत भएको छ । तर फिडर जडान भएपनि डोमेस्टिक फिडरमा भन्दा बढी औधोगिक फिडरमा लोडसेडिङ् हुने गरेको गौतमको भनाई छ । कही कतै बिजुलीको समस्या आउने बित्तीकै (एडजस्टमेन्ट) समस्या हल गर्ने नाममा औद्योगिकफिडर बाटै लाइन तान्ने गरिएकोले समस्या आएको हो । 

सबैभन्दा पहिला बिधुत महशुल बुझाएर बिधुत प्राधिकरणलाई सहयोग गर्दै आएको औधोगिक क्षेत्र अनियमित बिधुत आपूर्तीका कारण समस्यामा परेको छ ।

तत्कालीन उर्जामंत्री जनार्दन शर्मा र प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको बरगंज भ्रमणका क्रममा उर्जामंत्री शर्माले औधोगिक करिडोर लोडसेडिङमुक्त हुने घोषणाबाट उत्साहित भएका उधोपतीहरु अहिले भने निराश छन । रक्सौल परवानीपुर ट्रान्समिशनबाट ५० मेगावाट बिजुली उपलबध गराई लोडसेडिङमुक्त गराउने वाचा गरेपनि बाचाले कार्यरुप पाउन सकेन । बीरगंज उधोग वाणिज्य संघको नेतृत्वले समेत संघको पहलमा बीरगंज लोडसेडिङमुक्त हुने भन्दै प्रचारवाजी गरेको थियो । तर अहिले उधोग वाणिज्य संघले औधोगिक करिडरमा बिधुत आपूर्ती नियमित बनाईदिन भन्दै सार्वजनीक अपिल गर्न थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.