logo

पर्सामा पूर्व पश्चिम निर्वाचन क्षेत्र बनाउन आयोगलाई सुझाव 

      8/3/2017 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको

बीरगंज १९ साउन ।निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमल नारायण दासले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगले १८ घण्टा काम गरिरहेको जानकारी दिनु भयो । आयोगले बीरगंजमा क्षेत्र निर्धारण सम्बन्धमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २१ दिन भित्रमा काम सकिसक्नु पर्ने भएकोले सबै जनताको बीचमा पुग्ने बनीभूत रुपमा सुझाव लिने काममा आयोग सक्षम नभएको उहाँले जानकारी दिनु भयो ।उहाँले सम्बैधानिक दायरामा रहेको अति राम्रो आधारमा टेकेर बिवादलाई अति क मगर्ने गरि आयोगले काम गर्ने प्रतिवद्धता जानउनु भयो । उहाँले बिवादलाई न्यूनतम बिन्दुमा पु¥याउन आयोगले काम गर्छ उहाँले भन्नु भयो बिवादरहित हुन्छ भन्ने कुरा हामी भन्दैनौ ।उहाँले सम्बिधान लेख्ने सभासदहरुले सम्बिधानले गरेको ब्यवस्था अध्ययन नगरि निर्वाचन क्षेत्र निर्धारणको सन्दर्भमा टिपपणी गर्ने गरेको सुनाउनु भयो । पर्साका नागरिक अगुवाले भने पर्सा जिल्लामा अव निर्वाचन क्षेत्र निर्धारण गर्दा पूर्व पश्चिम गरेर निर्वाचन क्षेत्र बनाउनु पर्ने सुझाव दिएका छन । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारणकालागि सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन । यस भन्दा अगाडि भएका पाँच निर्वाचनमा पर्सामा उत्तर दक्षीण गरेर निर्वाचन क्षेत्र निर्धारण गरेको थियो । उत्तर दक्षीण गरि बनाइएको निर्वाचन क्षेत्रको लामो अभ्यास पछि अव पूर्व पश्चिम गरेर निर्वाचन क्षेत्र निर्धारण गर्न ससझाव दिइएको हो । पर्सा क्षेत्र न ं २ सभासद बिचारी यादवले  बीरगंज महानगरलाई सबै क्षेत्रमा पार्ने गरि निर्वाचन क्षेत्र बनाईनु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागिहरुले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या  र भूगोललाई प्रमुख आधार मान्न सुझाव दिएका छन । उनीहरुले सम्बैधानिक ब्यवस्थाको आधारमा हरेक जिल्लालाई एक निर्वाचन क्षेत्र निर्धारण गरेपछि रहने निर्वाचन क्षेत्र भने जनसंख्याको आधारमा निर्धारण गर्नु पर्ने सुझाव उनीहरुले दिएका छन । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको कार्यक्रममा आफनो सुझाव दिदै समाजशास्त्रका प्रध्यापक बिरेन्द्र साहले जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्ने र त्यसको आधारमा प्रदेश सभाको संख्या दोब्बर गर्ने भनिएको प्रति प्रष्ट पार्नु पर्ने बताउनु भयो ।
  कार्यक्रममा नेकपा एमालेका सभासद रामचन्द्र साह,पर्सा संयोजक प्रभू हजरा,डा.बिश्म्भर मनोज चोधरी ,शर्मा,नेपाली कांग्रेसका रामनारायण कुर्मी दिन गुप्ता,पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे राजपाका शशीकपुर मिया संघीय समाजवादी फोरम पर्साका प्रवक्ता रामनरेश यादव नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने  अधिवक्ता देवेन्द्र सिंह किसुनदेव साह माओवादी केन्द्रका पिएल श्रेष्ठ,छोटेलाल यादव अमित गिरी लगायतले आ आफनो सुझाव ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.