logo

५ वर्षपछि पुनः एमालेमा फर्कने तयारीमा रामचन्द्र झा

      8/9/2017 गते 00 00 मा प्रकाशित     1329   पटक पढिएको

काठमाडौं, २५ साउन : पार्टी छोडेको पाँच वर्षपछि नेता रामचन्द्र झाले एमाले प्रवेश गर्ने तयारी थालेका छन् । उनी २०६९ जेठमा एमाले छोडेर माओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएपछि उनी नयाँ शक्तिमा थिए । तर उनले नयाँ शक्ति छोड्ने निश्चित भएको छ । “अहिलेसम्म छोडी नै सकेको त होइन,” नेता झाले भने, “अब छोड्ने मनस्थिति बनाइसकेको छु ।” नयाँ शक्ति छोडेर पछि उनी पुरानै पार्टी एमाले फर्कनका लागि छलफलमा छन् । यो विषयमा एमालेका विभिन्न स्तरका नेताहरूसँग छलफल गरिरहेका छन् । नेता प्रदीप ज्ञवालीले झाको घरफिर्तीको विषयमा छलफल चलिरहेको पुष्टी गरे । करीब चार÷पाँच महिनादेखि झालाई एमाले फर्काउन दुई नम्बर प्रदेशका केही नेताहरूले प्रयास शुरू गरेको उनले बताए । पछिल्लो समय भने केन्द्रीय नेताहरूले पनि नेता झासँग भेटेर छलफल गरेका छन् । “चार÷पाँच महिना अगाडि जनकपुरकै साथीहरूले पहल थाल्नुभएको हो,” नेता ज्ञवालीले भने, “अहिले केन्द्रीय नेतृत्वमा पनि केही छलफल भएको छ । तर उहाँ आउने नआउने निश्चित भने भएको छैन ।” नेता झाले पनि एमाले नेताहरूसँग विभिन्न पटक अनौपचारिक छलफल भएको स्वीकार गरे । ‘छलफल त भइरहेको छ, उनले भने, “अनौपचारिक छलफल भएको छ, तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।” आफूले उठाएको मुद्दामा एमाले उदार भए आफू एमाले फर्कन तयार रहेको उनले बताए । “एमालेबाट राजनीति गर्न मलाई पनि सहज हुन्छ,” उनले भने, ‘म फर्किए हुन्थ्यो भने उहा”हरूको पनि चाहना छ । तर, चाहनामात्रै भएर भएन नि । मुद्दामा उहाँहरू छलफल गर्नै चाहनुहुन्न । यसै त म फर्कन्न ।” नेता झालाई पार्टीमा फर्काउन सके प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ठूलो शक्ति मिल्ने एमालेको आंकलन छ । एमालेमा हुँदा झा मधेशबाट प्रतिनिधित्व गर्ने सबैभन्दा प्रभावशाली र वरिष्ठ नेता थिए । मधेशमा राम्रो प्रभाव र छवि भएका कारण झा पार्टीमा फर्किए प्रदेश सभा निर्वाचन लड्न सहज हुने एमाले नेताहरूको बुझाइ छ । झासँग अहिले पनि ठूलो संख्यामा कार्यकर्ता रहेको हुँदा स्थानीय निर्वाचनमा पनि उनले साथ दिए केही स्थानको परिणाम प्रभावित गर्न सक्नेछन् । झा भने पार्टी मधेशका मुद्दामा उदार हुनुपर्ने अडानमा छन् । “म यसै झोलाझिम्टी बोकेर पार्टी फर्कने होइन,” उनले भने, “विचारको कुरा हो । मैले जुन विचार लिएर हिजो छोडेको थिए”, त्यो छोड्न सक्दिन” । तर, पार्टी उदार हुन्छ भन्ने फर्कन पनि सक्छु ।” दोस्रो संविधान सभाको निर्वाचनअघि मधेशका मुद्दामा एमाले अनुदार बन्दै गएको आरोप लगाउँदै झासहित एमालेका केही नेताहरूले पार्टी छोडेका थिए । यसको केही अघि जनजाति मुद्दामा अनुदार भएको भन्दै अशोक राई लगायतका नेताहरूले पार्टी परित्याग गरेका थिए । झा भने माओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराईले माओवादी छोडेपछि झा पनिसँगै निस्किए । यसपछि उनी नयाँ शक्ति अभियानमा लागे । तर, नयाँ शक्तिले स्थानीय निर्वाचनमा सफलता हासिल गर्न नसकेको र पार्टी निर्माणको दिशामा बलियो ढंगले अगाडि बढ्न नसकेको कारण उनी सन्तुष्ट हुन सकेनन् । नयाँ शक्ति बसाईको अवधिमा भट्टराईसँग घनिष्टता बढ्नुको साटो दूरी बढ्दै गयो । अन्ततः उनी पार्टी छोड्ने निष्कर्षमा पुगे । उनीसँगै एमाले छोडेका मधेशी केही नेता कार्यकर्ता एमाले फर्किरहेका छन् भने अन्य पार्टीका कार्यकर्ता पनि एमाले प्रवेश गरिरहेका छन् । राजपाको कोषाध्यक्ष समेत रहेकी अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन् । झा निकटका मिथिला संस्कृतिविद् तथा कलाकार रमेशरञ्जन झा पनि केही समयअघि एमाले फर्किएका थिए । मधेशका विभिन्न ठाउँमा पनि अरू पार्टीका कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । वीरगञ्जमा बसरूद्धिन अन्सारी, लाहानका मुन्नीलाल साह, राजविराजका सुखीराम यादव लगायतका व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै अरू केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्, जसमा नेता रामचन्द्र झासँगै एमाले छोडेका कार्यकर्ताको संख्या उल्लेख्य छ । झासँगै एमाले छोडेका कार्यकर्ता पार्टीमा फर्किएको हुनाले उनलाई एमाले नेताहरूसँग छलफल गर्न सहज भएको छ । झासँग महासचिव ईश्वर पोखरेल, नेता ज्ञवाली लगातयका नेताहरूले छलफल गरिरहेका छन् । पूर्वमहासचिव माधवकुमार नेपालले पनि उनीसँग केहीपटक कुराकानी गरेका छन् । एमाले अध्यक्ष ओलीसँग भने अहिलेसम्म भेट नभइसकेको झाले बताए । सेतोपाटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.