logo

वीरगन्जमा उत्साहजनक उम्मेदवारी (फोटो फिचर)

      9/6/2017 गते 00 00 मा प्रकाशित     1530   पटक पढिएको


वीरगन्ज, पर्साको १ महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारी दर्ता काम सकिएको छ । वीरगंज महानगरपालिकाको मेयरमा १४ जनाले दावेदारी गर्दै उम्मेदवारी दर्ता गराएका छन । मेयरका लागि काँग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुद्धिन असारी, संघिय समाजवादी फोरम नेपालबाट बिजय सरावगी, नेपाल लोेकतान्त्रिक फोरमबाट बिमल प्रसाद श्रीवास्तव, राजपाबाट राजेशमान सिंह, माओवादी केन्द्रबाट रहबर असारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

केही स्वतन्त्र र सानादलबाट गरी मेयरमा कुल १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनाएको छ । उपमेयरमा पनि काँग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, फोरम लोकतान्त्रिकबाट रिंकी यादव, राजपाबाट रम्भा मिश्र, राप्रपा प्रजातान्त्रिकबाट सुमेश्वरनाथ उपाध्याय, स्वतन्त्र श्यामबाबु पटेललगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । वीरगंज महानगरपालिकामा ३२ वडा छ ।







आयोगको कार्यालयले वडाध्यक्ष र सदस्यहरुको संख्या गणनापछि बताउने जनाएको छ । यसैगरी पर्साको तीन नगरपालिका, १० गाउँपालिकाहरुमा पनि उम्मेदवारी दर्ता भएको बताइएको छ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका बीरगन्जमा अगामी असोज दुईमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता उल्लासपूर्ण वातावरणमा भएको हो । जनता चुनावी माहोलमा रमाइरहेका छन् । उम्मेदवारी दर्ता गर्ने दिन दलहरुले आ आफ्नो शक्ति प्रदर्शन गरेका छन् । दलबलका साथ उम्मेदवारी दर्ताका लागि आएका थिए । साँझ ५ बजेसम्म समय निर्धारण गरिएपनि कार्यँलय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारको राति अबेर सम्म मनोनयन दर्ता गरिने मूख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । मधेसमा उम्मेदवारी दर्ताको दिनलाई उम्मेदवारले शक्ति प्रदर्शनका रुपमा समेत प्रयोग गर्दै आएका छन् । विगत झैँ यसपालीको उम्मेदवारी दर्तामा पनि उम्मेदवारले क्ष्ँेत्रभरिका कार्यकर्ता र समर्थक वीरगन्ज बजारमा उतारेका थिए ।





दलको झन्डा, टिसर्ट, टोपी लगाएर मोटरसाइकल, ट्याक्टर, जीपमा सवार भई आएका सयौँ कार्यकर्ताले वीरगन्ज महानगरको मूख्य बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको परिसरमा सञ्चालनमा आएको मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । गाउँबाट ओसारिएका कार्यकर्तालाई भतेरका लागि विभिन्न ठाउँ मासु चिउराको व्यवस्था मिलाइएको थियो ।





तस्विरहरुः मनिष पौडेल/वीरगंज

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.