logo

को हुन त राजेशमान सिंह ?

      9/11/2017 गते 00 00 मा प्रकाशित     1576   पटक पढिएको

वीरगञ्ज, २६ भदौ । वीरगञ्ज महानगरपालिकामा अहिले स्थानिय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरुले मेयर पदका लागि उम्मेदवारी समेत दिई सकेका छन् । यहीँ असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा मेयर देखी वडा अध्यक्ष, नसस समेत होमीएका छन् निर्वाचनमा सबैले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरी सकेका छन् । भोट माग्नका लागि उम्मेदवारहरुले जनताहरुको घरदैलोमा पुगी आफूलाई बिजयी बनाएपछि वीरगञ्जलाई विकास गर्छु भनी प्रतिबद्धता दिएका छन् । स्थानिय तहको निर्वाचनमा नौलो अनुहार पनि लडेका छन् ।

वीरगञ्ज महानगरपालिकाका वासिन्दाहरुले भन्ने गरेका छन्, मधेस आन्दोलन हुँदा यी नेताहरु कोही सडकमा  देखा परेनन् मधेशी जनताहरुको हत्या हुँदा देश बिदेशको भ्रमणमा रहेका नेताहरुले समाजिक सञ्जालबाट वीरगञ्जमा यस्तो पो भईरहेको छ है, भन्ने नेताहरु पनि स्थानिय तहको निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ८ निवासी बिनोद साहले गुनासो पोखे, मधेस आन्दोलन हुँदा नेपाली काँग्रेस र एमाले मिली सरकार समेत बनाएका थिए । एमालेको तर्फबाट गृहमन्त्री बामदेव गौतम थिए भने प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोईराला थिए ।

मधेसी जनताहरुले शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्दा प्रशासनले टाउकोमा ताकी ताकी गोली हानी आन्दोलनकारीहरुको हत्या गरीएको थियो । पर्सा जिल्लाबाट संविधानसभाबाट प्रत्यक्ष निर्वाचित भएका नेपाली काँग्रेस एमाले र माओवादी पार्टीका सभासदले पर्सा जिल्लामा प्रहरी प्रशासनले दमन ग¥यो भनेर आवाज समेत उठाएन््ना बरु मधेसी जनताहरुको हत्या ह“ुदा काठमाडौं स्थित रहेको आफनो निवासबाट सभासद ज्यूले फोन गरी आज के के भो कति जनालाई गोली लाग्यो, मधेसी नेता कता छन् भनेर अपटेड लिईरहेका थिए । के ती नेताहरु मधेसमा जन्मेका होईनन् ।

आन्दोलन हुँदा नै गणतन्त्र मुलुकका प्रथम प्रधानमन्त्री पृष्पकमल दाहाल एक कार्यक्रमको उद्घाटन गर्न आएको बेला वीरगञ्जमा मधेसी नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाउदा प्रहरीको खोरमा एक रात समेत बस्नृ पर्यो ती हुन्, राष्ट्रिय जनता पार्टीका महासचिव एवं वीरगञ्ज महानगरपालिका मेयर पदका उम्मेदवार राजेशमान सिंह, मधेस आन्दोलन चर्काउने ब्यतिm राजेशमान सिंह नै हुन् ।

उनी पनि घरमा बसेर फोनबाट अपटेड लिन सक्थे वीरगञ्ज महानगरपालिका वडा नं ८ निवासी बिनोदको भनाई रहेको छ । तर मधेसी जनताहरुको हक र अधिकारका लागि उनी २०७२ साल भदौ १३ गते आफ्नो मोर्चा लिई आन्दोलन गर्न पृगेका थिए । शान्तिपूर्ण आन्दोलनमा बसेका नेता सिंह लगायत अन्य नेताहरु माथि लाठीचार्ज गरेपछि वीरगञ्जमा आन्दोलन चर्काएको हो । लाठीचार्जबाट नेता सिंहको दाहिने हातमा गम्भिर चोट लागेको थियो ।

उनले आफ्नो ज्यानको प्रवाह नगरी मधेस आन्दोलनलाई निरन्तरा दिएका हुन् । आज स्थानिय तहको निर्वाचन हुँदां आन्दोलनमा देखा नपर्ने नेता पनि निर्वाचनमा लडेका छन् यस्ता नेताहरुको चरित्र जनताहरुले थाहा पाई सकेको छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका नेतालाई बिजयी गराउन वीरगञ्जवासीहरु सँग आग्रह गर्दछु गुप्ताले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.