logo

गाडीयाको उधोगले अखाद्य समाग्री उत्पादन गरेको ठहर ,बिक्री बितरणमा रोक

      9/12/2017 गते 00 00 मा प्रकाशित     1311   पटक पढिएको

सीमरा २७ भदौ । आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले मंगलबार साँझ बाराको जीतपुरमा रहेको शिवशक्ति उद्योगमा छापा मार्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।  अखाद्य तेल उत्पादन गरेर बजारमा विक्रीवितरण गरेको भन्दै बिभागले छापामारी गरेको हो । काठमाडौबाट आएको विभागको टोलीले उद्योगमा छापा मार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको शाखा अधिकृत मोहन पुडासैनीले बताए ।
  उद्योगको उत्पादन फेमिली तोरीको तेल परीक्षणका क्रममा गुणस्तरहिन देखिएपछि विभागले अनुगमन गरेको हो  । उद्योगको उत्पादन क्षेत्रमा अनुगमन गर्दै टोलीले उद्योगलाई तेल उत्पादन र कारोबारमा रोक लगाएको छ। अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए।
उद्योगले फेमीली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ। गत साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साइट भ्यालु मापदण्डभन्दा बढी फेला परेको थियो। नियमानुसार प्यारेक्साईट भ्याल्यू १० हुनुपर्नेमा ११ दशमलव पाँच रहेको पाइएको अधिकृत पुडासैनीले बताए।
गत चैत्रमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहिन देखिएको शाखा अधिकृत पुडासैनीले बताए।
उद्योग राष्ट्यि प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दीप कुमार गाडीयाको हो। अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि अनुगमन गर्न खोज्दा कानून निर्माण गर्ने ठाउमा बसेका उद्योगीहरुले अवरोध गरेपछि घ्यूको प्लान्टमा टोलीले अनुगमन गर्न पाएन  । उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेटमै रोक्ने प्रयास समेत गरेका थिए। अनुगमनका लागि विभागको टोली पुगेको सूचना पाएपछि आएका उद्योगीले विभागले रोक लगाउन दिएको निर्देशन पत्रसमेत बुझ्न मानेनन्। टोलीले उत्पादन र बिक्री बितरण रोक्न मौखि आदेश भने दिएको छ । अनुगमनमा स्थानीय पूशासनले समेत बिभागको टोलीलाई सहयोग नगरेको टोलीको बुझाई छ ।उधोगबाट उपहार बुझने भएकोले स्थानीय प्रशासनले बिभागको टोलीलाई सहयोग नगरेको चर्चा अहिले चुलीमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.