logo

बीरगंज महानगरमा मेयरमा सरावगी ,उपमेयरमा कार्की

      9/27/2017 गते 00 00 मा प्रकाशित     1832   पटक पढिएको

वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजय कुमार सरावगी विजयी भएका छन् ।
बुधबार दिउँसो सार्वजनिक परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अजय द्विवेदीलाई हराउँदै सरावगी वीरगन्जको मेयरमा बिजयी भएका हुन ।
उनले १९३९३ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका उम्मेदवार अजय कुरमा द्विवेदीले १७१९७ मत प्राप्त गरे । उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार सुश्री शान्ति कार्की १९६० मत प्राप्त गरि बिजयी भइन । निकटतम प्रतिद्वण्दी संघीय समाजवादी फोरम नेपाल कि पिंकी यादवले १८५३८ ।मत प्राप्त गरिन ।  सरावगी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।
नवनिर्वाचित मेयर सरावगीले छात्राहरु अध्ययन गर्ने बिद्यालयको शिक्षण बिधि नीजि बिद्यालय जस्तो बनाइने घोषणा गरेका छन ।मतगणना स्थल बीरगंजको ठाकुरराम बुहमुखी क्याम्पस अगाडि सक्षीप्त सम्बोधनमा उनले यस्तो बताएका हुन । उनले आउने शैक्षीक सत्र देखी सबै सामुदायिक बिद्यालयहरुमा अनिर्वाय रुपमा अग्रेजी माध्यममा अध्ययन अध्यापन गराईने बताए । उनले बीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई १२ सैय्यामा बिकास गरि शिक्षण अस्पतालको रुपमा संचालन गरिने बताए । उनले मधेशका छोरीले सुलभ रुपमा चिकित्सा शिक्षा लिएर यही सेवा गर्ने अवसर पाउने बताए । श्रीसिया नदीको प्रदुषणलाई नियन्त्रण गरिने उनले बताए । महानगरमा जोडिएका गाविसहरुलाई सेटेलाईट शहरको रुपमा बिकास गर्ने उनले आफनो योजना सुनाए । बीरगंजले राष्ट्रीय राजस्वमा जती योगदान गरेपनि त्यो अनुसारको प्रतिफल नपाएकोमा चिन्ता ब्यक्त गर्दै सरावगीले राजनीतिक दलहरुले ५० वर्षमा गर्न नसकेको बिकास आफूले ५ वर्षम ागर्ने दृढता ब्यक्त गरे । उनले हाम्रो मधेशमा अव हामी मधेशी आएका छौ हाम्रो मधेशको बिकास हामी गर्ने छौ भने । उनले आफूले खानकालागि महानगरबाट केहीस् लिनु नपर्ने भएकोले ४ लाख नगरवासीको हितमा काम गरिने बताए । उनले आफनो जीत सबै नगरवासीको जीत भएको बताए । वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.