logo

संघीय समाजवादीले जित्यो गाउँपालिका, नथुनी कुशवाहा विजयी

      9/21/2017 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

बीरगंज ५ असोज । पर्साको कालीकामाई गाउँपालिकाको अध्यक्षमा नेपाल संघीय समाजवादी पार्टी विजयी भएको छ । नेपाल संघीय समाजवादी पार्टीका नेता नथुनी कुशवाहा जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा चुनावी मैदानमा उत्रिएका थिए। पहिलो र दोश्रो चरणको निर्वाचनको बेला नयाँ शक्तिले संघीय समाजवादी फोरम नेपालको मसालमा चुनाव चिन्ह मलासबाट चुनावमा भाग लिएजस्तै नेपाल संघीय समाजवादीले पनि जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा भाग लिएको हो । पशुपती शम्शेर राणाको राप्रपा प्रजातान्त्रिकले पनि यही निर्वाचन चिन्ह लिएर चुनाव लडेको थियो । राप्रपाले भने पर्सामा खाता खालेको छैन ।
अध्यक्षका उम्मेदवार कुशवाहा १५३ मत अन्तरले विजयी भएका हुन । उनको प्रतिस्पर्धामा संघीय समाजवादी फोरम रहेको थियो । उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया २१७ मत अन्तरले बिजयी हुनु भएको छ । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले  यस क्षेत्रको पार्टी गतीविधिको नेतृत्व गर्दै आएका छन । जनताको बीचमा रहेर राजनीति गर्ने यादवको कुशल नेतृत्वकै कारण नेपाल संघीय समाजवादी पार्टीले पर्सामा सफलता पाएको हो । यादव ७० को  सम्बिधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नं ४ बाट उम्मेदवार थिए । उनी निकटतम प्रतिद्वण्द्वी रहेका थिए । कालीकामाई नगरपालिकाको वडा नं ५ बाट नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा लोकटाइम्स दैनीकका प्रकाशक÷सम्पादक पवन तिवारी बिजयी भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.