logo

भोजपुरी भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने एमाले प्रतिवद्धता

      9/12/2017 गते 00 00 मा प्रकाशित     1438   पटक पढिएको

बीरगंज २७ भदौ । नेकपा एमालले भोजपुरी भाषालाई कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ । नेकपा एमालेले आज सार्वजनीक गरेको छ । बीरगंज महानगरको आफनो चुनावी प्रतिवद्धता पत्र मार्फत यस्तो प्रतिवद्धता जनाएको हो । उसले भोजपुर भाषा साहित्यको श्रीबृद्धिका निम्ति “भोजपुरी भाषा साहित्य प्रतिष्ठान ”निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

एमालेले बीरगंजमा युवाहरुकोलागि रोजगारीको सृजना सीप बिकास गरिव,तेश्रोलिङ्गी अपाङ्ग नागरिकको आत्मनिर्भताकालागि सीप बिकासको कार्यक्रम संचालन गर्ने जनाएको छ । महानगरलाई पूर्ण साक्षर,खुलादिशामुक्त,पूर्ण खोप ,वालमैत्री महाानगरका रुपमा घोषणा गर्ने एमालेले जनाएको छ ।

एमालले महिला स्वयंसेविकाहरुले गर्दै आएको सेवाको सम्मान गर्दै उनीहरुले प्राप्त गर्दै आएको आर्थिक प्रोत्साहन भत्तामा बृद्धि गर्ने जनाएको छ । वालअधिकारको प्रत्याभूतीकालागि नेकपा एमालेले वालवालिका जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गराउने परिवारलाई गर्न रु ५ सय रुपैया प्रोत्साहन भत्ता उपलब्ध गराउने आफनो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

महानगरको वीच भएर बग्ने श्रीसीया नदीलाई जलचर युक्त बनाई  श्रीसीया कोरीडोरको रुपमा बिकास गरेर पर्यटककालागि गन्तब्य केन्द्रको रुपमा बिकास गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । धुवाँ धुलो र हिलो मुक्त बीरगंज बनाउने महानगर भित्र “नयाँ हरित बीरगंज”को निर्माण ,घर बनाउदा एक घर दुई बिरुवाको अवधारणाको कार्यान्वयन नयाँ “सरकारी सेवाग्राम” एकै ठाउमा सरकारी अड्डाहरुको निर्माण र नागरिकलाई सेवा प्रवाह दिइने कुरा एमालले आफनो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

पर्यावरण मैत्री चक्रपथको निर्माण भंसार देखी परवानीपुर सम्म चारलेनको सडक निर्माण ३२ वटौ वडामा एम्बुलेन्स र दमकल जाने सडक संजालको बिस्तार एमालेको प्राथमिकतामा रहेको छ । नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्ने  ,महानगरिय अस्पताल र ट्रमा सेन्टरको संचालन ,१६ वर्षमुनीका वालवालिकालाई निशुल्क स्वास्थ्य सेवा दिइने एमालेको प्रतिवद्धता छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.