logo

माओवादी सचिवालय बैठकमा प्रमं देउवाको आलोचना

      9/2/2017 गते 00 00 मा प्रकाशित     1305   पटक पढिएको

बीरगंज भदौ १७ । नेकपा माओवादी केन्द्रको बीरगंजमा शनिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमंत्री देउवाको आलोचना भएको छ । सम्बिधान संशोधनको बिषयमा भारत भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसंग सम्बिधान संशोधन गर्ने वाचा गरेको बिषयमा प्रम देउवाको आलोचना भएको हो ।सचिवालयको बैठकमा कुरा राख्ने नेताहरुले प्रधानमंत्रीको अभिब्यक्तिले सम्बिधान संशोधनको ऐजेण्डा अरुकै भएको देखिएको भन्दै आलोचना गरेको एक नेताले बाताए ।

प्रधानमंत्रीको अभिब्यक्ति राष्ट्रीय स्वाभिानको प्रतिकूल भएको भन्दै आन्तरिक मामलामा छिमेकी सामु आत्मसर्पण गरिएको भन्दै कडा आलोचना गरिएको थियो । बैठक लगत्तै आयोजीत पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्डले दिएको मन्तब्यमा पनि यो बिषय समावेश भएको थिएन । संचारकर्मीले यस बिषयमा जिज्ञासा राखेपछि मात्रै प्रचण्डले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा संशोधनको कुरा उठाउनु अनावश्यक भएको भन्दै बोल्नै नपर्ने कुरा उहाँले बोल्नु भएको हो भनेर निष्कर्ष निकालेको बताए । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा संघिय गणतन्त्र पक्षधर दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले राजपा, संघीय समाजवादी फोरम र नेपाल फोरम लोकतान्त्रिकसँग चुनावी एकताका गर्ने विषयलाई प्रथामिकतामा राख्ने निर्णय गरेको छ । 

दिनदिनै हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गरेका र माओवादीको चुनावी अभियान सफल हुँदै गएकाले प्रदेश नम्बर २ मा माओवादी पहिलो दल हुने निष्कर्ष निकाल्दै बैठकले पार्टीको सबै शक्ति २ नम्बर प्रदेशमा लगाउने निधो पनि गरेको छ । पार्टीले नवप्रवेशीहरुलाई पनि पदीय तथा जिम्मेवारीका हिसावले पनि ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
 
तराइका बाढी तथा डुवान प्रभावितको पुनस्र्थापनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने या छुट्टै प्राधिकरण बनाउनुपर्ने भन्दै बैठकले यसको समन्वयको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको सचिवलय सदस्य उर्मिला अर्यालले जानकारी दिइन ।
 
माओवादीको केन्द्रीय हेडक्वार्टर विगठन भएपछि पहिलोपटक काठमाण्डुबाहिर सचिवालयको बैठक विरगंजमा बसेका हो । तराइमा पहिलो दल हुने भन्दै अध्यक्ष प्रचण्डसहित रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन कृष्ण बहादुर महरा नवप्रवेशीहरु रामेश्वर राय यादव,रामचन्द्र झा पासाङ शेर्पा देवेन्द्र पौड्ल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.