logo

नागरिक सवालका अगाडि सरावगी नाजवाफ

      9/15/2017 गते 00 00 मा प्रकाशित     1651   पटक पढिएको


काठमाडौ । तेश्रो चरणको निर्वाचनको मौन अवधि शुरु हुन ३ घण्टा बाँकी रहदा बीरगंजमा महानगरका उम्मेदवारहरुले नागरिकको चेटिलो प्रश्नको सामना गर्नु पर्यो । बीरगंज उधोग वाणिज्य संघले बीरगंजको आदर्शनगरमा आयोजना गरेको आकांक्षा र प्रतिवद्धता माथिको खुला बहस कार्यक्रममा नागरिकले प्रश्न उठाएका हुन ।
 

मधेश आन्दोलनको क्रममा भएको नाकाबन्दीमा पेट्रोलियम पदार्थ र केमिकलको तस्करीको आरोप लागेका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजय सरावगी मधेसी नागरिक सवालका अगाडि चुप भएका थिए । नागरिकले उनलाई तपाईले तेलको तस्करी किन गर्नु भयो भन्दै प्रश्न गरेका थिए ।
 

सरावगीले नागरिकको यो प्रश्नको जवाफ दिन सकेका थिएनन । सरावगी बीरगंज उधोग वाणिज्यसंघका तत्कालीन अध्यक्ष प्रदीप केडियाको मिलीभगतमा बीरगंजको सुख्खा बन्दरगाहमा नाकाबन्दीका कारण रोकीएका १७ हजार कन्टेनर, प्रति कन्टेनर ५ हजार रुपैयाका दरले ८ करोड ५ लाख रुपैया पैसा उठाएर कन्टेनर नेपाल भित्रको गन्तब्यसम्म ढुवानी भएका थिए ।
 

सरावगी उनकै गृहवडामा रहेको सिद्धार्थ माविको ब्यवस्थापन समितिका अध्यक्ष हुन । उनले आफू अध्यक्ष रहेको बिद्यालयको बसका चालकलाई आफूले संचालन गरेको ज्ञानदा एकेडमीमा सरुवा गरेका थिए । उनको काण्डै काण्डले भरिपूर्ण जीवनका बिभिन्न पक्षमा नागरिकले सवाल सोधेका थिए ।

साभार: जनबोली न्यूज डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.