logo

श्रीवास्तवको एमाले प्रवेश अपेक्षित तर अनिश्चित

      10/12/2017 गते 00 00 मा प्रकाशित     1187   पटक पढिएको

वीरगञ्ज २६ असोज :

                            वीरगञ्जको एक स्थानीय रेडियोलाई “एमालेमा प्रवेश गर्छु” भन्दै अन्तरवार्ता दिएर काठमाडौं हानिएका श्रीवास्तव भने २४ घण्टा बितिसक्दा समेत एमाले पंक्तिले उत्साहित हुने खवर पाएन । श्रीवास्तवको एमाले प्रवेश एमाले पंत्तिका लागि अपेक्षीत थियो तर उनी आफ्नै निर्णय भने ढिलो । श्रीवास्तवले स्वतन्त्र समुहको निर्माण गरेर राजनीतिक गतिविधि तिब्र पारे देखी नै एमाले पंक्ति श्रीवास्तवलाई एमाले भएको देख्न चाहन्थ्यो । धेरै लामो कालखण्ड पछि उनको एमाले प्रवेश हुने खबरले उत्साहित भएको एमाले पंक्तिको उत्साह लामो समय भने रहेन । राजपाका प्रवक्ता रहेका श्रीवास्तव वीरगञ्ज महानगरको. मेयर पदको टिकट नपाएपछि मनोनयन दर्ताको अघिल्लो रात फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरमा प्रतिस्पर्धा गरेका उनले ८ हजार भन्दा बढी भोट ल्याएका थियो । यो उनको ब्यक्तिगत भोट हो भनिन्छ । त्यही कारण त श्रीवास्तव जता लाग्छन् त्यो पार्टी पर्सामा बलियो बन्ने गर्छ । त्यही भएर उनी प्रति पार्टीहरुको आकर्षण रहन्छ । राजनीतिमा उनको “अति अस्थिर” चरित्र बनेपनि उनी जता हुन्छन् पर्साको राजनीतिको तख्तापलटमा खास अर्थ रहने गरेको छ । ०५१ सालको संसदीय निर्वाचनमा उनले स्वतन्त्र समूहको तर्फबाट नेपाली काँग्रेसका प्रधानमन्त्रीका उम्मेदवार कृष्णप्रसाद भट्टराईलाई सहयोग गरेर बिजयी बनाएका थिए । हरुवा इतिहास रहेका भट्टराईलाई जिताउन श्रीवास्तवको भूमिका महत्वपूर्ण रहेको थियो । 
                             स्वाभिमानी स्वभाव र नेताहरुको अघिपछि गर्ने बानी नभएका कारण उनी पछि परेको उनी निकटकाहरुको ठहर छ । पंचायतीकालमा समेत वीरगञ्जको मेयर भएका श्रीवास्तव ०४८ मा नेपाली काँग्रेसले सत्तासंरक्षित धाँधलीका कारण उनले पराजय भोग्नु परे पनि त्यसपछिको चुनाव भने जिते । राप्रपा फूटेपछि पशुपती शम्शेर राणा नेतृत्वको राप्रपामा लागेका श्रीवास्तवले पहिलो संविधानसभा पछिको सरकारमा पार्टीले मन्त्री पद नदिएपछि तमलोपमा प्रवेश गरेका थिए । 
                            ६ दलको एकता पछि बनेको राजपाले मेयरको टिकट नदिएपछि फोरम लोकतान्त्रिक भएका श्रीवास्तव एकाएक एमाले प्रवेश गर्ने कुराले चर्चा पायो । एमालेको आधारभूत पंक्ति उत्साहित भएपनि त्यो लामो समय रहन भने सकेन । एमालेको नेतृत्वसँग प्रतिनिधि सभाको १ सिट, प्रदेश सभाको २ सिट र राष्ट्रियसभाको १ सिट पाउने गरी एमाले प्रवेशको सहमती भएर २५ गते बेलुका ५ बजे पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रम तय भएको थियो तर श्रीवास्तव गएनन् श्रोतले भन्यो । त्यसपछि उनलाई एमालेमा प्रवेश गराउने काममा लागेका एमाले नेताहरु स्वीच अफ गरेर बसेका छन् । एमाले प्रवेशमा नेकपा माओवादी केन्द्रका नेता उर्मिला अर्यालले अवरोध सृजना गरेको बताइएको छ । बाम गठबन्धन अनुसार पर्साको क्षेत्र नं १ माओवादी केन्द्रको दावी रहेकोले अर्यालले एमालेको पछि नलाग्न भनेपछि श्रीवास्तव हचकिएको बताइएको छ । एमाले भित्रकै पनि केही नेताहरुले श्रीवास्तवको एमाले प्रवेश नरुचाएकोले पनि अन्तिम समयमा एमाले प्रवेश रोकिएको स्रोतले बताएको छ । स्रोतले भन्यो एमाले भित्रको अन्तरद्वन्द्वका कारण पनि समस्या आएको हो । तर स्रोतका अनुसार श्रीवास्तव र उनका सहयोगीहरुको एमाले प्रवेशको सम्भावना भने जीवीतै रहेको छ । छलफल भइरहेको छ हेरौ के हुन्छ श्रीवास्तव निकट एकले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.