logo

नियमावलीविपरीत पेसी स्थगित

      10/13/2017 गते 00 00 मा प्रकाशित     2138   पटक पढिएको

वीरगञ्ज, २८ असोज :

                               भारत पश्चिमी चम्पारण ठकराहा निवासी शिवनाथ शुक्लाले पर्साको चोर्नीमा रहेको पुख्र्यौली सम्पत्ति खनजोत गर्ने मोहीले किर्ते जालसाजी गरी आफ्नो नाममा नामसारी गरेको थाहा भएपछि २०७० साउन ८ मा पर्सा अदालतमा मुद्दा हाले । शुक्लाका बुबा जग्गाधनी मुक्ति शुक्लाको ०३८ साल माघ २५ गते नै मृत्यु भइसकेकोमा मोही विनेश्वर थारूले मालपोत पर्साबाट ०५७ असोज १० मा किर्ते व्यक्ति खडा गरी करिब साढे दुई बिघा जग्गा रजिस्ट्रेसन पास गरेका थिए । ०७० असार ३१ म शुक्ला जग्गा बिक्री गर्न मालपोत पुग्दा उनको जग्गा करिब १३ वर्षअगाडि नै मोहीको नाममा नामसारी भइसकेको रहेछ । आफूसँग उपलब्ध प्रमाण पेस गरी शुक्लाले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

                               ०७३ असार १९ मा अदालतले लिखित किर्ते जालसाजी ठहर गर्दै प्रतिवादीहरूलाई २६ हजार ३ सय ५३ जरिवाना असुल गर्ने फैसला र्गयो । प्रतिवादीले फैसालामा चित्त नबुझेर तत्कालीन पुनरावेदन अदालतमा रिट हाले । इजलासमा पेसी हुने दिन उनीहरूले ५ पटकसम्म सुनवाइ स्थगित गरिसके, शिवनाथ शुक्लाले भने, फैसलाप्रति चित्त नबुझदा रिट हाल्नेले अहिले आफैंले पटक–पटक पेसी सारेका छन् । समयमा न्याय नपाउँदा उनी निराश र थकित देखिन्छन् । 

                                यसैगरी पर्साको विन्ध्यवासिनी–७ मा रामदयाल हजराको १ बिघा ८ कट्ठा जग्गा किर्ते वारेसनामा खडा गरी इसमाइल मियाँ हजाम र सलिम मियाँले ०६७ वैशाख सातमा हक हस्तान्तरण गरे । जिल्ला अदालतले ०७१ असार १० मा प्रतिवादीहरूले वारेसनामा किर्ते गरेको ठहर गर्दै जनही २ सय रुपैयाँ जरिवाना गरेको थियो । ‘प्रतिवादीले चित्त नबुझेर पुनरावेदन अदालतमा रिट हाले,’ वादी हजराले भने, ‘मुद्दा इजलासमा सुनवाइ हुन नदिएर हालसम्म १३ पटक सारिसकेका छन् ।’ 

                            अनेक बहानामा किन पटक–पटक पेसी सारेको भनी प्रतिवादीका एक कानुन व्यवसायीलाई हजराले प्रश्न गरेपछि गालीगलौज नै गरेको उनले सुनाए । उच्च अदालतमा मुद्दा स्थगितको यी दुई उदाहरण मात्र हुन् । अनेक बहानामा पटक–पटक मुद्दाको पेसी स्थगित हुँदा मुद्दा फस्र्योटमा असर परेको छ । पीडित झन् सास्ती खेपिरहेका छन् ।

                           सर्वोच्च अदालतले जारी गरेको नियमावलीविपरीत उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दाको पेसी स्थगित हँुदा न्यायमा ढिलाइ हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । नियमावलीमा इजलासले मुद्दाको एक पक्षका लागि बढीमा दुई पटकसम्म सुनवाइ स्थगित गर्न सक्ने उल्लेख भए पनि एउटै पक्षका लागि १३ पटकसम्म सुनवाइ स्थगित हुने गरेका छन् । सर्वोच्च अदालतले २०७३ मा उच्च अदालतका लागि बनाएको नियमावलीमा ‘मुद्दा पेस भएको दिनको इजलास बस्नुभन्दा पहिले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै कारण देखाई मुद्दाको पक्ष वा कानुन व्यवसायीले निवेदनपत्र दिएमा अवस्थाअनुसार मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश वा सम्बन्धित इजलासले मुद्दाको एक पक्षका लागि बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गर्न सक्नेछ । सोबाहेक साप्ताहिक वा दैनिक मुद्दा पेसी सूचीमा चढेको कुनै मुद्दा सो सूचीबाट हटाइने वा स्थगित गरिनेछैन,’ उल्लेख छ ।

                               कानुन व्यवसायी रामेश्वर सेढाईंका अनुसार अर्को पक्षलाई हैरानी खेपाउन, बेन्च परिवर्तन गराउन र परिणाम आफ्नो पक्षमा पार्न पेसी सार्ने गरिएको छ । इजलास आवश्यकताभन्दा बढी उदार भइदिँदा पीडितले झन् पीडा खेपिरहेका छन् । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार बाबुराम दाहालका अनुसार नियमावलीको पालना अदालतले गरेन भनेर आरोप लागे पनि वास्तवमा अदालतभन्दा पनि मुद्दाकै पक्ष र कानुन व्यवसायीबाट पेसी हट्ने गरेको छ । ‘अदालत आफैंले हटाउने होइन,’ उनले भने, ‘मुद्दा पक्षबाटै नियमावलीको पालना भएको छैन । 

                             पहिले एउटा कानुन व्यवसायी राख्यो, दुई पटक पेसी र्सायो अनि फेरि अर्को कानुन व्यवसायी राख्ने चलन छ । वास्तवमा यो एउटा विकृतिका रूपमा रहेको छ । यसले मुद्दा फस्र्योटमा असर गरेको छ ।’ अनेक बहाना गरेर मुद्दा हटाउँछन् । करिब एक महिनाअगाडि बार र बेन्चको बैठकमा पनि केही मुद्दाको उदाहरण नै दिएर अब मुद्दाको पेसी नहटाइदिन आग्रह गरेको उनले बताए । ‘अदालतका पनि केही कमी कमजोरी छन्,’ उनले भने, ‘तर, अहिले धेरै पटक पेसी सार्न आए इन्कार गर्ने कार्य भइरहेको छ ।’ कानुन व्यवसायीले सहयोग गरे अगामी दिनमा नियमावलीअनुसार २ पटकको सिस्टमलाई लागू गर्ने प्रयासमा रहेको रजिस्ट्रार दाहालले दाबी गरे । इकान्तिपुर
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.