logo

दशै तिहारमा वीरगंज नाकाबाट पूजा सामान आयात दोब्बरले वृद्धि

सयपत्री फूल, छोहरा र सुकमेलको आयात घट्यो

      10/18/2017 गते 00 00 मा प्रकाशित     1224   पटक पढिएको

परवानीपुर, ३१ असोज / वीरगंज नाकाबाट गत वर्षको दशै तिहारभन्दा यस वर्ष पूजा सामान आयातमा दोब्बर वृद्धि भएको छ । गत वर्ष साउन, भदौ र असोजमा भित्रिएको पूजा सामानभन्दा यस आवको शुरुको तीन महिनामा पूजाका १३ मुख्य सामानमध्ये १० वटा सामानको आयातमा वृद्धि देखिएको छ भने तीनवटा सामान गत वर्षभन्दा कम आयात भएको देखिन्छ ।


गत वर्ष ३२ करोड २ लाख, ६८ हजार मूल्य बराबरको पूजा सामग्री भित्रिएको थियो भने चालू वर्षको असोज २९ गतेसम्म ५८ करोड, ६० लाख, ४९ हजार मुल्य बराबरको समान भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ । गत वर्षभन्दा १ दशमलव ८ प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी गराए ।

गत वर्षभन्दा यस वर्ष आयातमा वृद्धि हुने सामग्रीहरूमा काजु, बदाम, ओखर, पिस्ता, सुपारी, अंजिर, किसमिस, दालचिनी, ल्वाङ्ग छ भने सयपत्री पूmल, छोहरा र सुकमेल गत वर्षभन्दा कम भित्रिएको छ ।


पूजाको सामान आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा पनि दोब्बरले वृद्धि भएको छ । गत वर्षको शुरुको तीन महिनामा पूजाको सामान आयातबाट ७ करोड, २५ लाख, २५ हजार राजस्व सङ्कलन भएकोमा यस चालू आवमा १४ करोड, ५४ हजार, ४७ हजार राजस्व सङ्कलन भएको छ ।


गत वर्ष सयपत्री पूmल रु ४३ लाख ४१ हजार बराबरको करिब १ लाख १४ हजार भित्रिएकोमा यस वर्ष १९ लाख, ८६ हजार मूल्य बराबरको ७३ हजार ८ पिस मात्रै पूmल भित्रिएको छ । छोहरा गत वर्ष रु एक करोड ८६ हजारको भित्रिएको थियो भने यस वर्ष साढे ६३ लाखको मात्रै भित्रिएको छ ।


त्यसैगरी सुकमेल गत वर्ष करिब डेढ करोडको भित्रिएकोमा यस वर्ष १ लाख ६१ हजारको मात्रै भित्रिएको भन्सार कार्यालयले जनाएको छ । सुकमेलको आयातमा भारी गिरावट आएको छ । यसले सुकमेल अन्य नाकाबाट वा तस्करीमार्फत् भित्रिइरहेको सङ्केत गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.