logo

लोकतान्त्रिकका युवा नेताहरु एमालेमा प्रवेश गर्ने 

      10/25/2017 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको

बीरगंज ८ कार्तिक । नेकपा एमालेको नेता पोलिट ब्यूरो सदस्य तथा प्रदेश नं २ सहसंयोजक नागेन्द्र चौधरीले मुलुकलाई अर्थिक समृद्धिको दिशामा लैजान चिन्तन र चेतनामा रुपान्तरण जरुरी रहेको बताउनु भाएको छ । बीरगंजमा बुधवार बिहान आयोजीत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले राजनीतिक उद्धेश्य प्राप्तिको लडाई सकियो र अव आर्थिकलडाई शुरु भएको बताउनु भयो ।

उहाँले नेपाली जनताको आर्थिक बिकासकालागि नेकपा एमालेमात्र जिम्मेवार रहेको उहाँको दावी गर्नु भयो । इतिहासमै तराई मधेशमा सबैभन्दा बढी बजेट बिनियोजन एमाले सरकारले गरेले एमाले मधेश बिरोधी नभएको बताउनु भयो । उहाँले एमालेमा प्रबेश गर्ने युवाहरुको घोषणा आऊंदो निर्बाचनमा एमालेको पक्षमा पर्साका जनता रहेको  प्रमाणित हुने धारणा राख्नुभयो ।

उहाँले सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवार िदिने र समानताको ब्यवहार हुने बताउनु भयो । उहाँले पार्टी प्रबेश गर्न प्रतिबद्धता जनाएकाहरुलाई टीका लगाएर स्वागत समेत गर्नुभएको थियो । कार्यक्रममा फोरम लोकतान्त्रिका चर्चित युवा नेताहरु आशुतोष चुर्तवेदी ,दिपक तिवारी लगायत दर्जनौं नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने  प्रतिवद्धता व्यक्त गरेका छन ।

युवा नेताहरु शनिबार बिशेष कार्यक्रम गरी एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक प्रभु हजराले जानकारी दिनुभयो । सो अवसरमा राजपाका पूर्व केन्द्रीय सदस्य समेत रहेका दिपक तिवारीले एमालेमा प्रबेश गर्ने आफ्नो निर्णय देश र जनताप्रति एमालेले लिएको अडाननै भएकोले अव यसैपार्टीलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने धारणा समेत राख्न्भएको थियो ।

उता राजपाकै नेता समेत रही सकेका आशुतोष चतुर्बेदीले एमालेमा प्रबेश गरि देश समाज र जनताको हितमा लागि रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । एमालेका संयोजक प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु डाक्टर बिश्वम्भर शर्मा, किशोरी कुशवाहा, पुरन यादब, गंगा खडका, बिचारी यादब, राजकुमार गुप्ता, युवासंघका श्याम गुप्ता, प्रेश चौतारीका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.