logo

राजपा फोरम तालमेल पर्सामा फोरमलाई तीन राजपालाई एक क्षेत्र

      10/31/2017 गते 00 00 मा प्रकाशित     1248   पटक पढिएको


कार्तिक १४ बीरगंज । संघीय समाजवादी फोरमनेपालले पर्सामा ३ क्षेत्रमा प्रतिनीधि सभाको उम्मेदवारी दिने भएको छ । त्यस्तै प्रदेश सभा तर्फ ६ वटा सीट संघीय समाजवादी फोरम नेपालको भागमा परेको छ । राजपा र फोरम वीच भएको साझेदारीमा पर्सामा सीटको यस्तो वाँडफाँड भएको हो ।
 

संघीय समाजवादी फोरमको तर्फबाट पर्साको क्षेत्र नं १ मा प्रदीप यादव, २ मा बिमल श्रीवास्तव र ३ तीनमा प्रहलाद गिरी प्रतिनिधि सभाको निर्वाचन लडने पक्का जस्तै छ ।
 

बिधान सभा तर्फ प्रतिनिधि सभा १ को क मा पुरुषोत्तम झा र शम्भू गुप्ता “ख”मा पार्टी उपाध्यक्ष लालबाबु राउत ,प्रतिनिधि सभा २ को “क”मा पार्टी प्रवक्ता राम नरेश यादव लगायतको उम्मेदवारी चर्चा छ । फोरमले प्रतिनिधि सभा ३ को “क” र “ख” तथा ४ को “ख”मा समेत उम्मेदवारी दिने छ ।
 

४ को ख मा पार्टीका केन्द्रीय सदस्य बीरेन्द्र यादवको नाम उम्मेदवारको सूचीमा रहेको छ । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।
 

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ । धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ ।
 

सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.