logo

पर्सामा उत्साहजनक रुपमा मनोनयन सम्पन्न ,केही स्थानमा बागी

      11/2/2017 गते 00 00 मा प्रकाशित     1564   पटक पढिएको

कार्तिक १६ बीरगंज । प्रतिनिधि तथ प्रदेश सभाकोलागि आज पर्सामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । नेशनल टेड्रीङ्गमा रहेको निर्वाचन कार्यालयमा दलहरु बाजा गाजा सहित मनोनयन दर्ता गराउन गएका थिए । शान्तिपूर्ण र उत्साहजनक रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

पर्साको क्षेत्र नं १ बाम गठबन्धनको  तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिचारी यादव २ सलीम मिया ३ मा राजकुमार गुप्ता र ४ मा उर्मिला अर्याललाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दर्ता भएको छ । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट  १ मा प्रसिद्ध उधोगपति अनिल रुङगटा २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजालको उम्मेदवारी दर्ता भएको छ । राजपा फोरम गठबन्धनको तर्फबाट १ मा प्रदीप यादव २ मा बिमल श्रीवास्तव ३ मा हरिनारायण रौनीयार र ४ मा लक्ष्मणलाल कर्णको उम्मेदवारी दर्ता भएको छ ।

 प्रदेश सभा तर्फ नेपाली कांग्रेसले १ को १ मा रामनारायण कुर्मी २ मा बिजय सर्राफ २ को १ मा राजेश्वर साह तेली २ मा रामरुप कुर्मी ३ को १ मा चन्द्रकिशोर चौधरी २ मा जनार्दन सिंह क्षेत्री ४ को १ मा शंकर चौधरी र ४ को २ मा बशिष्ठ नारायण कुर्मीको  उम्मेदवारी दर्ता गरेको छ  । बाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ बाट शम्भू गुप्ता  २ बाट रहवर अन्सारी निर्वाचन क्षेत्र नं २ को १ बाट रामचन्द्र साह, २ बाट छोटेलाल पटेल ३ को १ मा नागेन्द्र चौधरी २ मा छोटेलाल यादव ४ को १ मा जयप्रकाश थारु २ मा सुरेश पटेलको उम्मेदवारी दर्ता भएको छ ।

राजपा फोरम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ मा जन्नत अन्सारी , २ मा लालबाबु राउत गद्धी,  निर्वाचन क्षेत्र नं २ को १मा राम नरेश यादव २ रमेृश पटेल निर्वाचन क्षेत्र नं ३ को १ मा अब्दुल रहिम र २ मा प्रहलाद गिरी निर्वाचन क्षेत्र नं ४ को १ मा रामचन्द्र पंडित र २ मा सिहासन कल्वारको उम्मेदवारी दर्ता भएको छ । फोरमले निर्वाचन क्षेत्र नं १ को २ मा पहिला फिरोज मन्सुरलाई टिकट दिएर उम्मेदवारी दर्ता भएपनि पछि उनको सट्टामा जन्नत अन्सारीको मनोनयन दर्ता भएको हो । मन्सुरको टिकट पार्टी अध्यक्ष प्रदीप  यादवले रद्ध गराउन लगाएका हुन ।  

राजपा फोरम गठबन्धनमा टिकट बितरणको बिषयलाई लाई चरम असन्तुष्टि देखिएको छ । त्यसको प्रभाव राजपाका सह महासचिव शिव पटेल निर्वाचन क्षेत्र नं २ को २ नम्बर प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका छन । राजपाका नगर अध्यक्ष ओम प्रकाश सर्राफ क्षेत्र नं १ को प्रदेश सभा “ख” २ नम्बरमा स्वतन्त्र उम्मेदवार बनेका छन । राजपाका अर्का महासचिव महमद कदम रसुल र जिल्ला अध्यक्ष इमदाद गदीले नेपाल संघीय समाजवादी पार्टीको टिकट बाट निर्वाचन क्षेत्र नं १ र ४ मा प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन ।

सोही पार्टीबाट पर्साको क्षेत्र नं ३ मा राजकुमार यादवको उम्मेदवारी परेको छ । राजपाको महिला संगठन पर्साको अध्यक्ष अनिता रौनीयारले पनि नेकपा मालेको तर्फबाट उम्मेदवारी दर्ता गराएकि छिन । निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा २ मा उनले उम्मेदवारी दिएकी हु्न ।

साझा बिवेकशिल पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ मा डा.महम्मद राजाले उम्मेदवारी दिएका छन । यस अघि राजपा फोरम गठबन्धन आदर्शनगर रंगशालामा ,नेपाली कांग्रेस ठाकुरराम बहुमुखी क्याम्पस अगाडि र नेकपा एमाले आफनै पार्टी कार्यालय मनमोहन नगर रानीघाट बाट जुलुस सहित मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय गएका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.