logo

बागी र आन्तरिक किचलोले चकनाचुर पार्ने भयो सपनाहरु 

      11/2/2017 गते 00 00 मा प्रकाशित     1256   पटक पढिएको


कार्तिक १६ बीरगंज । राजपाका महासचिव शिव पटेल केही सहयोगी सहित पौने पाँच बजे निर्वाचन कार्यालयमा प्रवेश गरे  । उनीसंगै थिए राजपाका बीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ । मनोनयन दर्ताको अन्तिम समयमा उनीहरुले प्रदेश सभामा उम्मेदवारी दर्ता गरे ।

राजपाको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ को २प्रदेश सभामा उठने तयारीमा थिए सर्राफ तर सहमतीको नाममा उनी प्रदेश सभा फोरमको भागमा प¥यो । उनी रित्तै । पार्टीका उपाध्यक्ष सुरेन्द्र कुर्मीले २ नम्बर क्षेत्रको प्रदेश सभा २ बाट उम्मेदवार हुने तय थियो तर अन्तिम समयमा टिकट रमेश पटेलको हात प¥यो । महन्थ ठाकुरका कारण टिकट खोसिएको ठान्दै  पूर्व सदभावनाका नेता कार्यकर्ताहरु आक्रोशित भए ।

त्यही करण महासचिव रहेका शिव पटेलले २ नम्बर क्षेत्रको २ प्रदेश सभामा बागी उम्मेदवारी दर्ता गराए । मधेश आन्दोलनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा नेताको बिद्रोहले मधेशी गठबन्धनलाई अप्ठयारोमा पार्ने अवस्था छ । राजापाका पूर्वमा रहेका सबै शिर्ष नेताहरुले आफनो सीट सुरुक्षीत गर्न पर्साको सीट फोरमलाई बुझाएको उनीहरुको बुझाई छ ।  पूर्वका नेताहरुको हेपाह प्रवृतिको बिरुद्धको बिद्रोह पनि हो बागीहरुको कदम ।

मधेश मुक्ति सामाजिक बिकास र रुपान्तरणको पक्षमा अविचलित रुपमा क्रियाशिल हुनकालागि स्वतन्त्र रुपमा उम्मेदवारी दिने अवस्था आएको सर्राफको भनाई छ । उनले यो उम्मेदवारी पार्टीका इमान्दार कार्यकर्ताहरुलाई राजनीतिक शहीद बनाउने पार्टीको नेतृत्वको गैरराजनीतिक निर्णयको बिरुद्धमा रहेको बताए । राजपाबाट बिद्रोह गरेर वागी उम्मेदवारी दिएकाहरुले पार्टीबाट राजीनामा दिएका छैनन । उनीहरुले आफूहरु मधेशवाद प्रति समर्पित रहने बताएका छन ।

राजपाका अर्का महासचिव कदम रसुलले पार्टी परित्याग गरेर नेपाल संघीय समाजवादी पार्टीबाट निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका छन । राजपाका जिल्ला अध्यक्ष मण्डलका एक जना इमदाद गदी समेत पर्साको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार भएका छन । उनको उम्मेदवारीले राजपाका सह अध्इक्ष लक्ष्मणलाल कार्णलाई समस्यामा पार्ने छ ।

लक्ष्मणलाल कर्ण आफै पनि जनतामा आधारित  राजनीति गर्ने नेता नभएकोले बागीले उनलाई अप्ठयारो पार्ने राजपाका एक नेताले बताए । त्यस्तै राजपाको महिला संगठनको जिल्ला अध्यक्ष अनिता रौनीयारले पनि पार्टी परित्याग गरि नेकपा मालेको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएकी छिन । उनले पनि १ नम्बर क्षेत्रको प्रदेश सभा २ बाट उम्मेदवारी दिएकी हुन ।

मधेशीलाई बिभेद भयो भन्दै आन्दोलनमा उत्रन उकसाएर आफूहरु कुर्सी सुरक्षीत पार्न मधेशी दलका नेता ब्यस्त भकोएले आफूले पार्टी परित्याग गरेको बताइन । उनले मधेशी नेताहरुले मिलेर बसेको समाजमा तिक्तता ल्याएर बिभाजन ल्याएको उनले बताइन ।

बागीहरुलाई पार्टीका नेताहरु नेजामुदिन समानी,सुरेन्द्र कुर्मी लगायतको सर्मथन रहेको छ । पार्टीका अर्का महासचिव राजेशमान सिंह समेत गठबन्धनको पक्षमा नरहेको चर्चा चल्न थालेको छ । संघीय समाजवादी फोरम भित्रै पनि टिकट बितरणमा एकलौटी भएको भन्दै युवा नेताहरु आक्रोशित भएका छन । उनीहरुको ब्यवस्थापन हुन नसके फोरमलाई सबै क्षेत्रमा प्रभाव पार्ने छ ।

नेपाली कांग्रेस भित्र निर्वाचन क्षेत्र नं १ र ४ माहेक अन्य क्षेत्रमा पार्टी भित्रकै समस्याले अप्ठयारो पार्ने कांग्रेसीहरुको भनाई छ । नेकपा एमाले भित्र र नेकपा माओवादी केन्द्र भित्र पनि आन्तरिक किचलो अति छ । त्यो अतिले खती ल्याउने छ ।

सबै दलहरु अन्तरिक समस्याबाट गुज्रीरहदा जित कसले निकाल्छ भन्ने कुराको अनुमान लगाउन समेत कठिन भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.