logo

नयाँ शक्तिको पत्ता साफ,पुरै कमिटी एमालेमा समाहित

      11/5/2017 गते 00 00 मा प्रकाशित     1315   पटक पढिएको

वीरगंज१९कार्तिक ।नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा पर्सा क्षेत्र नं ३ को “क”का प्रदेश सभाका उम्मेदवार नागेन्द्र चौधरीले देशलाई बिकासको गति दिन र स्थिर सरकार आवश्यकता रहेकोले बाम गठबन्धन गरिएको बताए । मधेसवादी दलले मधेसवादको जति वकालत गरेपनि उनीहरुको असली नियत के हो भन्ने कुरा मधेसी जनताले राम्ररी बुझेको बताए ।

मधेशमा आए एमाले मधेश बिरोधी पहाडमा आदीवासीको वीचमा गए एमाले आदीवासी बिरोधी एमाले हिमाली बिरोधी एमाले पूर्व पश्चिम बिरोधी जता गयो त्यता आरोपको थुप्रो तर स्थानीय तहको निर्वाचन मार्फत एमाले के हो भन्ने कुरा जनताले जवाफ दिएको बताए  ।

बाम गठबन्धन पर्साले आज अयोजना गरेको निर्वाचन परिचालनकार्यालयको उद्घाटन तथा वृहतपार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै नेता चौधरीले एमाले वास्तविक रुपमा मधेशी जनताको हिताको पार्टी भएको बताए । ।पोखरीया बजारमाआयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्यबलिराम साह सहित पार्टीका सम्पुर्ण टिम एमालेमा समाहित भएको थियो ।

एमालेको तर्फबाट पर्सा क्षेत्र नं.३ का उम्मेदवार एवं  पुर्व सांसद राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमलाई लोकतान्त्रि मधेसी संगठनका केन्द्रिय अध्यक्ष रघुबिर महासेठले बाम गठबन्ध भए देखि नेपाली काँग्रेस लगायत अन्य पार्टीहरुमा रुवावासी चलेको बताउनुभयो । मधेस आन्दोलनताका बेला एमाले बिरुद्ध फैलाईएका सवै भ्रमहरु मधेसी जनता बुझेकाले अहिले मधेसवादी दलहरुलाई मधेसमा गाह्रो भएको जानकारी दिए ।

 

नेता महासेठले एमाले नेतृत्वको सरकारले गरेका कामहरु  तथा मधेसमा बिनियोजित बजेटले पनि एमाले मधेसको बिकासमा तत्पर रहेको प्रस्ट पारेका थिए ।  क्षेत्र नं .३ का उम्मेदवार  राजकुमार गुप्ताले मधेसवादी दलहरु सता प्राप्तिको लागि मात्र  आन्दोलन गरेको छर्लङ्ग भएको प्रस्ट  पार्नु भयो । मधेस र मधेसीको  बिकासको लागि केपी शर्मा  ओलीको सरकारले मधेसको २०  जिल्लामा जनता अवास  कार्यक्रम मार्फत २० हजार घर निर्माण गरेको, सिमा क्षेत्र  बिकास अन्र्तगत तराईका  सिमावती क्षेत्रमा रकम बिनयोजित गरेको, समाजिक  सुरक्षा भत्तामा वृद्धि गरेको लगायत एमाले सरकारका महत्वपुर्ण  कामबारे चर्चागरे  ।

उनले विदेशी शक्तिलाई परास्त गर्न वामगठबन्ध गरिएको  जानकारी दिदै यस क्षेत्रको बिकासको लागि बाम गठबन्धनलाई जिताउ उनले आग्ह गरेका ।  उम्मेदवार गुप्ताले वृहत पोखरीया शहरको निर्माण तथा त्यस भेगको बिकासको लागि  आफूसंग दुरगामी योजना रहेको बताए ।
 

कार्यक्रममा पर्सा जिल्ला संयोजक प्रभु हजरा, पुर्व सभासद प्रद्युमन चौहान, बलिराम साह, पुर्व जिल्ला सभापति शम्भु चौरसिया,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य योगानन्द चौहान  चौहान लगायतकाले आ आफनो धारणा राख्नु ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण दिनेश चौहानले गरेका थिए । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.