logo

ढुवानी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी

      11/5/2017 गते 00 00 मा प्रकाशित     1418   पटक पढिएको

वीरगन्ज– ढुवानी व्यवसायी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न ९ औँ साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट खनाल निर्वाचत भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी सुशिल जोशीलाई २ भोटले पराजित गर्दै खनाल महासंघको अध्यक्षमा निर्वाचत भएको वीरगन्ज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले जानकारी दिए । कूल खसेको ५२ मत मध्ये खनालले २७ मत पाएका थिए भने जोशीले २५ मत पाए ।
 
ढुवानी महासंघको अध्यक्षमा निर्वाचित भएका विश्वनाथ खनाल वीरगन्ज ट्रान्सपोर्ट एशोसिएशनका पूर्व अध्यक्ष हुन् । मुलुकभरि १४ वटा शाखाबाट प्रतिनिधीले महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाएका थिए । रक्षा मन्त्री भीमसेन दास प्रधानले महाधिवेशन उद्घाटन गरेका थिए । अन्य पदमा सहमतिमै पदाधिकारीहरु निर्विरोध चयन भएपनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल विजयी भएका छन् । क्षेत्रिय उपाध्यक्षमा विनोद कुमार सिंह, चेतराज जोशी, रामकृष्ण लोहनी र देवेन्द्रध्वज कार्की निर्विरोध चयन भए । यसैगरि महासचिवमा ज्ञानेन्द्र कुमार श्रेष्ठ, सचिवमा पुण्यप्रसाद दाहाल, कोषाध्यक्षमा दिपेश श्रेष्ठ र सदस्यहरुमा पुष्पराज श्रेष्ठ, ध्रुवप्रसाद अधिकारी, राजन ढुंगेल, केशव गिरी र नहकुल राम ढकाल निर्विरोध चयन भएका छन् ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.