logo

राजनीति र व्यवसायमा सफल अनिल रुंगटा

      11/5/2017 गते 00 00 मा प्रकाशित     2701   पटक पढिएको


वीरगन्ज - चुनावका सम्बन्धमा अमेरिकी राष्ट्रपति थियोडर रुजबेल्टको एउटा भनाई बढी प्रसिद्ध छ । उनी भन्ने गर्थे – ‘मत भनेको बन्दुकजस्तै हो, यसको उपयोगिता प्रयोग गर्नेको चरित्रमा निर्भर गर्छ ।’ जसरी राइफल एक अनुशासित सैनिकको हातमा प¥यो भने त्यो शान्ति सुरक्षा कायम गर्नमा काम आउँछ, तर, त्यो कुनै डाँकाको हातमा प¥यो भने फेरि त्यसैले शान्ति सुरक्षा भंग गर्छ ।

त्यसरी नै मत सुझबुझ भएका र गुणदोष केलाउन सक्ने मानिसको हातमा पर्न गयो भने त्यसबाट एक असल नेता चुनिन्छ । तर यसको उल्टो मतदाता अन्धभक्त र प्रलोभनमा पर्न गए भने परिणामतः एक अवसरवादी र भ्रष्ट मानिस चुनिन्छ । परिवर्तन शान्तिपूर्ण रुपमा गर्ने र नेतृत्वलाई वैधानिकता दिने एउटै र अनुपम बाटो भनेकै चुनाव हो जो मानव सभ्यताको पछिल्लो समयमा आएर ज्यादा मौलाउन गएको देखिन्छ ।

आसन्न मंसिर २१ गतेको प्रतिनिधी सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर एकबाट निवर्तमान सांसद तथा युवा उद्योगी अनिल रुंगटाले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । सालिन, सभ्य र जनताको हरेक दुखसुखमा साथ दिँदै आएका रुंगटा शान्तिपूर्ण परिवर्तनमा विश्वास राख्छन् । संविधान निर्माण ताकापनि पार्टी भित्र र बाहिर पटक पटक मधेसको मांग सम्बोधन गर्न आवाज बुलन्द गर्दै आएका थिए । संविधान संशोधन सहित आर्थिक समृद्धि र विकासको नारा लिएर निर्वाचनमा होमिएका छन् ।

वामगठबन्धन संशोधनप्रति अनुदार रहँदै आएको र मधेसी दल पर्सा देखि सप्तरीसम्मको आठ जिल्लामा मात्र सिमित रहेकाले मधेसीको माग पुरा गर्नका लागि राष्ट्रिय पार्टी कांग्रेसको बहुमत आउन आवश्यक रहेको देखिन्छ । मुलुककै एक सफल उद्योग जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रुंगटालाई भौतिक पूर्वाधर र विकासमा कसरी अगाडि बढ्ने भन्ने ज्ञान प्रचुर मात्रामा छ । नेपालको आर्थिक र व्यापारिक नगरीलाई बन्द, हडतालबाट मुक्त गर्दै विकासको पथमा अगाडि बढाउने उनको योजना छ । अनिल रुंगटा राजनीतिक एवं व्यवसायिक व्यक्तित्व हुन् ।



विद्यार्थी कालदेखिनै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका रुंगटा संविधानसभा सदस्य हुँदै रुपान्तारित व्यवस्थापिकाका निवर्तमान सांसद हुन् । नेपाली कांग्रेसमा जिल्लादेखि केन्द्रसम्म निकै राम्रो सम्बन्ध भएको राजनीतिज्ञका रुपमा उनलाई चिनिन्छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाका छोरा अनिल बुबाले गरेको हार्डवेयर फलामसम्बन्धी सामग्रीको व्यवसायबाट व्यवसायमा संलग्न रहँदै आएका छन् ।

जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रुंगटा होटल व्यवसायमा पनि संलग्न छन् । राजनीति र उद्योग–व्यवसाय एकसाथ सफलताका साथ गर्दै आएका रुंगटा जनताका हरेक दुखसुखमा सहयोग पु¥याउने व्यक्तिको रुपमा पनि समाजमा चर्चित छन् । पार्टीमा उनको सक्रियता र स्थानीय स्तरमा चर्चित भएकाले नै मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि कांग्रेसले अनिल रुंगटालाई पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बनाएको हो ।

४९ वर्षीय अनिल विद्यार्थीकाल देखिनै कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०४२ सालदेखि नेपाल विधार्थी संघमा आवद्ध भएका उनी २०४६ को आन्दोलनदेखि सक्रिय पार्टी राजनीतिमा लागेका हुन् । ०७० सालमा समानुपातिक सभासद भएका उनी संविधान निर्माणपछि पहिलो पटक हुन लागेको आमचुनावमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।

जनताकै मतबाट अनुमोदित भएर प्रतिनिधी सभामा निर्वाचत भई यस क्षेत्रको भौतिक पूर्वाधार र विकास निर्माण गर्ने उनको चाहना छ । यसका लागि केन्द्रबाट स्थानीय स्तरमा कसरी योजना ल्याउने अनुभव उनले बटुलेका छन् ।

विभिन्न मन्त्रालय र विभागमा उनको राम्रो पकड छ । संविधान संशोधनका लागि मधेस केन्द्रीत दल भन्दा पनि कांग्रेसकै बहुमत आउन जरुरी छ । मधेस केन्द्रीत दल (फोरम र राजपा) ८ जिल्लामा मात्र सिमित भएकाले संशोधनका लागि यि दलसंग बहुमत पुग्दैन् । एमाले र माओवादी मिलेर बनेको वामगठबन्धनले यसैपनि मधेसको मुद्दा सम्बोधनमा अनिच्छिुक रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.