logo

तपाईको अमूल्य भोट गलतलाई नपरोस-बामगठबन्धनका उम्मेदवारहरु

      11/11/2017 गते 00 00 मा प्रकाशित     1559   पटक पढिएको

बीरगंज २५ कार्तिक । पर्साको चुनाव क्षेत्र नं १ को प्रदेश सभा “क”का बामगठबन्धन उम्मेदवार रहवर अन्सारीले रोग पत्ता लागेपनि डा.नराम्रो भए उपचार ठिन नहुने बताए । शनिवार साँझ बीरगंजको मुर्लीमा आयोजीत चुनावी सभालाई उनी सम्बेधन गर्दै थिए । उनले चुनावमा बिकृति बढेको प्रति चिन्ता ब्यक्त गरे । भोज चलेको छ  पैसा खर्च भएका छन चुनाव भडकिलो बनाइदै छ । यसका कारण तपाईको मत प्रभावीत भयो भने भोली अनर्थ हुने भन्दै उनले नागरिकलाई गोप्य मतदान हुने भएकोले सहीरुपमा सदुपयोग गर्न अपिल गरे । 

उनले चुनावको मैदानमा आएका उम्मेदवारहरुको चरित्र ,प्रवृति र बिचाराधारा हेरेर मत हाल्न समेत आग्रह गरे । मुर्लीका युवाहरु रहवरलाई सुन्न उल्लेख्य रुपमा सहभागि भएका थिए । जव रहवरको नाम संचालकले उच्चारण गर्थे युवाहरु उनको सम्मानमा ताली पिट्थे । युवारुमा रहेको उनको यो क्रेजले उनलाई चर्चित उम्मेदवारको रुपमा स्थापित त गरेको छ नै शालीन रुपमा कुनै पनि दललाई आलोचना नगरिकका वीचमा आफना एजेण्डाहरु मन्त्रमुग्ध पार्ने शैलीमा उनले रख्ने गरेका छन जसको  हुने गरेको छ । उनले जनतालाई अपिल गरे म गलत छु भने भोट नदिनुहोस तर मेरो आग्रह छ उनले भने “तपाईको अमूल्य भोट गलतलाई नपरोस” । 

चुनाव क्षेत्र नं १ को प्रदेश सभा “ख” बामगठबन्धन अन्र्तगत नेकपा एमालेका उम्मेदवार शम्भू गुप्ताले भोटलाई बन्दुक सग तुलना गरे । बन्दुक, सेना प्रहरीले पायो भने जनताको रक्षा गर्छ तर गलत मान्छेले पायो भने जनताको बाँच्न पाउने अधिकारमै धावा बोल्ने उनको तर्क थियो । गुण्डा, मवालीको हातमा बन्दुक भयो भने आम मान्छेको अमन चयन अप्ठयारोमा पर्ने उदाहरण दिदै उनले मत रुपी बन्दुकको प्रयोग सही ठाउमा गर्न अपिल गरे । उनले जनताको भोट बन्दुकको गोली जस्तै एक पटक निस्के पछि फिर्ता नहुने भन्दै भोट दिदा समाजमा देखिएको बिकृति समेत अन्त्य हुने गरि दिन आग्रह गरे ।


उनले बिकासकालागि राष्ट्रीय राजनीतिक शक्तिको आवश्यकतामा जोड दिए । राजनीतिक शक्ति र सत्ता बिकासकालागि आवश्यक भएको तथ्यलाई अरुले भन्न नसकेको उनको टिप्पणी थियो । उनले बिकास र समृद्धिको सपना पुरा गर्ने शक्ति बामपन्थ बाहेक अरु नभएको ठोकुवा गरे । 

कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार बिचारी यादवले आफनो बारेमा जनतालाई जानकारी रहेको बताए । म कुन धरातलबाट आएको हु सबैलाई थाहा छ । यादवल आफू ३ वर्ष ९ महिना सासद रहदा बीरगंज महानगरको वडा नं १२ र १३ मा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले सुरजी देवी माविमा २५ लाख रुपैयामा भवन निर्माण गरेको कब्रगाहमा ४० लाखको लागतमा पर्खाल लगाएको ,कृष्णमन्दीरमा १० लाख रुपैया लगाएको जानकारी दिए । 

कार्यक्रममा रहवर अन्सारीले बिचारी यादवको आचरण भ्रष्ट भएको प्रमाणीत भए राजनीति छाडने चुनौती दिदा के युवा के बृद्ध सबैले उनलाई तालीले साथ दिएका थिए । शम्भु गुप्ताले अन्सारीलार्ए गोलाकार भित्रको हसिया हथौडामा भोट हाले जिताउन अपिल गरे । यादवले गुप्ता र अन्सारी गतिशिल, जनताको आवश्यकता बुझेका युवा उम्मेदवार भएकोले उनीहरुलाई जिताउन आग्रह गरे ।

आफूलाई भोट नमागेका नेताहरुको एक अर्का प्रतिको सम्मान भाव उनीहरुको आवश्यकताको बारेमा ब्याख्या गरेको देख्दा जनता उत्साहित भएका थिए । गोपाल महतोको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता हरिमण्डल लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.