logo

प्रादेशिक राजधानीको विषयमा बहस,उम्मेदवारहरु तनावमा 

      11/17/2017 गते 00 00 मा प्रकाशित     1949   पटक पढिएको


वीरगन्ज, १ मंसिर । प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकिदै जादा मध्यतराईमा राजधानीको बहसले राजनीतिक सरगर्मी तताउने देखिन्छ । मधेश आन्दोलनको प्रमुख केन्द्र बनेको बीरगंजलाई राजधानी बनाएर न्याय गर्नु पर्ने युवाजनमतको आयतन बढदै छ । मधेश आन्दोलनको अगुवाई गर्ने राजनीतिक दलको राजधानी प्रतिको बहसमै चासो कम देखिन्छ । मुलधारका राजनीतिक दलका कतिपय नेता र तिनका लिखित प्रतिवद्धतामा  बीरगंजलाई राजधानी बनाउने कुरा उल्लेख छ ।

आन्दोलनका क्रममा शहादत भयो बीरगंज लामो समय ठप्प रह्यो ब्यापार सुक्यो अनेकौ समस्या बीरगंले खेप्यो तर सबै पूर्वाधार हुदा हुदै पनि बीरगंजले राजधानी नपाउनुलाई युवा पुस्ताले मन पराएको छैन । राजधानी जनकपुर हुने चर्चाप्रति बीरगंजका युवा सकारात्मक हुन सक्ने देखिदैन ।

प्रदेशको नाम के हुने राजधानी कहा हुने भन्ने कुराको निरुपण प्रदेश सभाले नै गर्ने भएकोले यो बिषयको निरुपण कसरी हुन्छ भन्ने चासो सबैमा छ । तर उम्मेदवारहरु यो बिषयका कारण तनाव छन ।

त्यसैले उनीहरु “आफनो तर्फबाट सक्दो पहल गर्छु” भन्दै उम्कने गरेका छन । प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशसभाले टुंगो लगाउने भएपनि अहिले मतदाताहरुले आवाज उठाएपछि प्रदेश नम्बर २ का उम्मेदवारहरु निकै अप्ठ्यारोमा छन् । राजधानी बनाउने सवालमा वीरगन्जका मतदाताहरुले भने दबावमुलक अभियान नै संचालन गरेका छन् ।

वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित हस्ताक्षर संकलनदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत तीब्र दबाव दिईरहेका छन् । नेकपा माओवादी निकट विद्यार्थी संगठनले राजधानी बनाउनका लागि तीनदिने हस्ताक्षर अभियान नै सञ्चालन गरेको थियो ।

अभियानमा १० हजार भन्दा बढीले हस्ताक्षर गरेको अभियानका संयोजक एवं अखिल क्रान्तिकारीका नेता मित्रदेव यादवले बताए ।

वीरगन्जका कुशल फोटो पत्रकार तथा युवा अभियन्ता मनिष पौडेलले “प्रादेशिक रजाधानीको लागि मेरो समर्थन वीरगन्जलाई” तपाँईको नि र?” भन्ने फेसबुक प्रोफाईल नै बनाएर सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् ।

वीरगन्जका फोटो पत्रकारहरुको एउटा समूह “वीरगन्ज फोटो प्रोजेक्ट” मार्फत पनि वीरगन्जलाई राजधानी बनाउन दबाव दिएका छन् । अभियन्ता पौडेलले भने, “मधेसको लागि भनेर जति पनि आन्दोलन भयो वीरगन्जमा नै भयो । मधेस भनेर सबैले वीरगन्जलाई नै हेर्छन् । वीरगन्जको घण्टाघर, शंकाराचार्य गेट नै पहिले सबैको अगाडि आउछ । अनि वीरगन्जलाई प्रादेशिक राजधानी किन नबनाउने र?” आर्थिक कारोबारको दृष्टिले र पूर्वाधार विकासको हिसाबले पनि वीरगन्ज प्रादेशिक राजधानीको लागि उपयुक्त स्थान हो ।

अभियानको फेसबुक प्रोफाईल बनाउनेहरु पनि बढ्दै गएको उनको भनाई छ । प्रदेशको राजधानी बनाउन वीरगन्जमा भौतिक पूर्वाधारहरु पर्याप्त रहेकोले पनि वीरगन्जलाई राजधानी बनाउन चौतर्फी दबावहरु आईरहेको छ । संघीयता कार्यान्वयन गराउने पहिलो अभ्यासको रुपमा न्यायलयबाट सुरु गरेको सरकारले जनकपुरमा उच्च अदालत र वीरगन्जमा अस्थायी इजलास स्थापना गरेर जनकपुरको महत्व बढाउने का ग¥यो।

नेपाल प्रहरीको पनि २ नम्बर प्रदेश कार्यालय जनकपुरमा र वीरगन्जमा संघीय प्रहरी इकाइको रुपमा कार्यालय संचालन शुरु भइसकेको छ । यसले पनि वीरगन्ज प्रदेशको राजधानी हुदैन भन्ने कुरामा आशंका पैदा भएको छ  त्यसैले नै वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन दबाव बढेको हो । मधेस आन्दोलनको मुख्य केन्द्रको रुपमा परिचित वीरगन्ज नै प्रदेश नम्बर २ को प्रादेशिक राजधानी हुनुपर्ने स्थानीयको माग छ ।

वीरगन्जले मुलुकको कुल वैदेशिक व्यापारको झण्डै ६० प्रतिशत कारोबार र औद्योगिक लगानीको ७० प्रतिशत हिस्सा अगोटेको छ । नेपालबाट भारत तथा तेस्रो मुलुकसंग हुने आयात निर्यातको अधिकांश कारोबार पनि यहि वीरगन्ज बाटै हुदै आएको छ । त्यति मात्रै होईन नेपालको कूल राजस्वमा ५४ प्रतिशत योगदान वीरगन्जको नै रहेको छ ।

प्रदेश नम्बर २ को प्रादेशिक राजधानीका लागि चाहिने मानवीय, सामाजिक, आर्थिक, भौतिक लगायतका आवश्यक पूर्वाधारहरु सबै वीरगन्जमा उपलब्ध रहेकोले पनि प्रादेशिक राजधानीका लागि जनकपुर भन्दा वीरगन्ज धेरै उपयुक्त रहेको यहाँका वासिन्दाको तर्क रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले प्रादेशिक राजधानी जनकपुर बनाउने निर्णयमा सहमति भईसकेकोले अहिले यसको चर्चा चलाउनु वाहियात भएको बताए ।

उनले भने, “जनकपुर प्रदेश नम्बर २ को राजधानी भईसकेको छ । त्यसको आवश्यक पूर्वाधार निर्माणका लागि जनकपुर चुरोट कारखानालाई तोकिसकेको छ । चुनावको मुखमा आएर राजनीतिक दलहरुले राजधानीको नाममा जनतालाई लडाउने काम मात्रै गरेको छ ।” नीजिक्षेत्रले पनि जनकपुरमा सचिवालय स्थापना गरिसकेको र न्यायालय र सुरक्षा निकायको पनि कार्यालय जनकपुरमा स्थापना भईसकेकोले अब प्रादेशिक राजधानी जनकपुर नै हुने अध्यक्ष साहको दावी छ ।

निर्वाचनको बेला राजधानीको विषय निकालेर जनता जनता लडाउने र फेरी आन्दोलन चर्काउने षड्यन्त्र मात्रै भएको भन्दै साहले यस विषयमा नागरिक समाज, बुद्धिजीवि, विद्यार्थी, सर्वसाधारण सबै सचेत हुनुपर्ने बताए । निर्वाचनपछि राजनीतिक स्थायीत्वको संभावना देखेको भन्दै उनले आर्थिक, सामाजिक उन्नति तिर देश गईरहेको बेला राजधानीको किचलो निकाल्नु राम्रो नभएको बताए ।

उनले भने, “पहिले अधिकारको लागि भएको मधेस आन्दोलनमा मधेसी र पहाडीबीच लडाँई गराउन खोजेका थिए । त्यो जनताले बुझे र साम्प्रदायिक द्वन्द्व हुनबाट बच्यो । अबफेरी राजधानीको नाममा जनकपुर र बीरगन्जवासीलाई लडाउन खोज्दैछ । यसतर्फ जनता सचेत हुनुपर्छ ।” प्रादेशिक राजधानी प्रदेशसभाले तय गर्ने भएकोले यसमा खासै विवाद नहुने नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक विश्वनाथ साहले बताए ।

उनले भने, “राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशसभाले तय गर्ने हो, भौतिक पूर्वाधार संरचनाको हिसाबमा वीरगन्ज उपयुक्त छ । ऐतिहासिक, धार्मिक दृष्टिकोणबाट जनकपुर पनि राम्रै हो । कतिपयले दुवैतर्फको बीचमा राजमार्ग मै बनाउनुपर्छ भन्ने पनि आवाज उठाएका छन् । जनकपुर र वीरगन्ज दुवै कुनामा परेकोले अर्को उपयुक्त स्थान पनि खोज्न सक्ने विकल्प छ ।” जनकपुर र वीरगन्जले दावी गर्नुपनि स्वभाविक हो, तर बीचमा पर्नेगरी समदुरी हेरेर नयाँ स्थानको पनि छनौट गर्न सकिन्छ ।

यसले थप नयाँ सहरको पनि विकास हुनसक्छ । साहको भनाई थियो । सप्तरी, सिराहाका जनताको पनि जनकपुर नै प्रादेशिक राजधानी हुनुपर्ने माग रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका सहसंयोजक एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैदले भौतिक पूर्वाधार संरचनाको हिसाबले वीरगन्ज नै प्रादेशिक राजधानीको लागि उपयुक्त स्थान भएको बताए ।

नेपालको प्रमुख प्रवेशद्वार, पूर्वाधार संरचना र आर्थिक क्रियाकलापको हिसाबले वीरगन्जलाई नै प्रादेशिक राजधानी बनाउनुपर्नेमा उनको जोड छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.