logo

ठेकेदार रौनीयारको ग्राफ गिर्दो काला कर्तुतहरुको पोल खुल्दै

      11/19/2017 गते 00 00 मा प्रकाशित     1403   पटक पढिएको

बीरगंज ३ मंसिर ।
राज्यले दण्डीत गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनियारको बिकासे मुद्धा फेल खादै छ । बिकासको सपना बाड्ने रौनीयारले बिभिन्न तिकडम गरेर राज्यको करिब १३ अर्व रुपैया होल्ड गरेको कुरा सार्वजनीक हुन थालेपछि उनको ग्राफ ओरालो लागेको छ ।
 बिकासको सपना बाडेका रौनीयार आफै बिकासको पैसा कुम्ल्याएर बसेको चालपाएपछि उनीप्रतिको आकर्षण सकिएको छ । पर्सा जिल्लामा मात्रै उनले बीरगंज पोखरिया सडक,जीतपुर रंगपुर सडक, बीरगंजको बसपार्क, हुलाकी सडक खण्डका केही पुल ,मिलनचोक देखी लालपर्सा सम्मको सडक निर्माण,आदर्शचोक देख आइसीपी सम्म सम्म जोडने बाटो सम्मको ६ लेन सडक निर्माणको ठेक्का उनैले लिएका छन । 
त्यसमा केही साझेदार (जोइन्ट भेन्चर) मा छन् ।

मिलनचोक खण्डको सडक भत्कि सकेको छ । पोखरिया देखी पश्चिमको सडक ग्राभेल गर्दा स्थानीयले उनी बिरुद्ध गरेको आन्दोलन आजै पनि ताजै छ । रौनीयार बिरुद्ध देशभरि जताततै आन्दोलन मात्रै भएको छ । उनी ठेक्का लिइ मोविलाइजेशनको पैसा लिने गर्छन् । आयोजना स्थलका बासिन्दालाई आफै उकासेर आन्दोलन गर्न लगाई त्यसैलाई अधार बनाएर अवरोध भयो भन्दै निर्माण काम रोकेर बस्ने गरेका छन् । पप्पु कन्ट्रक्शनले कुनै पनि आयोजना आफूले कवुल गरेको समयमा निर्माण सम्पन्न गरेको रेकर्ड नै भौतिक तथा पूर्वाधार मंत्रालयमा नरहेको मंत्रालयले जनाएको छ । 


रौनीयारले नेपालको एक वर्षको बजेट भन्दा बढी रकम १३ अर्व होल्ड गरेर बिकास निर्माणको काम अवरुद्ध गरेका छन । तिनै मान्छे यतिवेला पर्साको क्षेत्र नं ३ का सोझा साझा जनतालाई बिकास गर्छु भन्दै झूक्याउने काममा तल्लीन छन । इस्टिमेट भन्दा कमशल र गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको भन्दै उनको कामका बिरुद्ध तीन दिन अगाडि मात्रै बीरगंज महानगरको उत्तरी क्षेत्रको जनतारोडमा स्थानीयले उनी बिरुद्ध प्रर्दशन गरेका थिए ।

आज भन्दा दुईबर्ष अघि नै निर्माण भईसक्ने वीरगन्जको अत्याधुनिक बसपार्कको ठेक्का पनि आपूmले नपाएपछि मुद्दा हालेर आयोजना नै फिर्ता गराएका थिए । त्यतिबेलादेखि नै विकास विरोधीको रुपमा चिनिएका रौनियार अहिले भने विकास गर्छु भन्दै मतदाताहरुसँग हात जोडेर मत मागिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.