logo

मापसे प्रवद्र्धन गर्दै प्रहरी, मेयरको दबाबमा वर्णवाल छुटे

      11/26/2017 गते 00 00 मा प्रकाशित     2553   पटक पढिएको


वीरगन्ज १० मंसिर । सडक दुर्घटना न्युनीकरण गर्न नेपाल प्रहरीले मुलुकभर मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही अभियान चलाएको छ । पर्सामा भने प्रहरीले मापसे गरी सवारी साधन चलाउनेलाई प्रोत्साहन गर्दै आएको पाइएको छ ।

मापसे गरी मोटरसाइकल दुर्घटनामा परि दुई महिना अगाडि मात्र वीरगन्जका युवा अमित तिवारीको सुरेश आयल अगाडि रोकिराखेको मिनी ट्रकमा ठक्कर दिदा मृत्यू भएको थियो ।

तिवारीको प्रहरीसंग राम्रो सम्बन्ध थियो । दुर्घटना हुने रातिपनि उनी जिल्ला प्रहरी कार्यालय अगाडि दुई जना इन्सपेक्टरलाई भेट गरि फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

अत्यधिक मदिरा सेवन गरेका तिवारीले हेल्मेट समेत लगाएका थिएनन् । त्यो राती प्रहरीले उनलाई नियन्त्रणमा लिएर सचेत गराएको भए त्यो दुखद दुर्घटना हुदैन्थ्यो । 

शनिबार राती वीरगन्जको पानीट्यांकी अगाडिको मूख्य सडकमा राती करिब १० बजे मुर्ली चोक तर्फबाट घन्टाघर तिर तीव्र गतिमा गइरहेको एउटा कार अनियन्त्रीत भई डिभाइडर माथि चढेको थियो । बा १७ च ५००७ नम्बरको उक्त गाडी संघीय समाजवादी फोरम नेपालका जिल्ला कोषाध्यक्ष रविन्द्र वर्णवालले चलाइरहेका थिए ।

गाडीमा अत्यधिक क्षति भएको छ भने डिभाइडरमा रोपिएको रुख विरुवाहरु ढालिएका छन् । रडहरु भाचिएका छन् ।

पानीट्यांकीका स्थानीयहरु उद्धार गर्न पुग्दा अत्यधिक मदिरा सेवन गरेका वर्णवाल नशामा धुत थिए । दुर्घटनास्थल अगाडिनै घर भएका पत्रकार अमित अग्रवालले दुर्घटनाको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । 

अग्रवालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरी सहायक निरीक्षकको टोलीले वर्णवाललाई नियन्त्रण लिदा उनी हिड्न पनि सक्ने अवस्थामा थिएनन । खुट्टा नटेक्ने गरी रक्सी सेवन गरेका वर्णवाललाई पर्साका एसपी डा. गणेश रेग्मीले वीरगन्ज महानगरपालिकाका मेयर विजयी सरावगीको दबाबमा जिल्ला पुगेको केही बेरमै छाडेका थिए ।

एसपी रेग्मीले वर्णवालले मदिरा सेवन नगरेकाले राती नै छाडिएको दाबी गरेतापनि उनले वर्णवालको मेडिकल रिर्पोट भने गराएका छैनन् । वर्णवाललाई प्रहरीले एकरात राखेको भए उनीमा सुधार आउने थियो । कम्तीमा सवारी चलाउदा रक्सी सेवन गर्न हुदैन भन्ने ज्ञात हुन्थ्यो । तर वर्णवालले शक्तिको आडमा बिना कुनै नसिहत उन्मुक्ति पाएका छन ।

शक्तिको दम्भमा परेर भोलीका दिनमा रक्सी सेवन गरेर सवारी चलाएर उनी ठुलै दुर्घटनामा परे भने त्यसको जावफदेही कसले लेला ? दुर्घटना भएपछि जोसुकैको पनि सरकारी अस्पतालबाट मेडिकल रिर्पोट गराउनु पर्ने भएपनि प्रहरीले वर्णवाललाई अस्पताल नलगि मेयरको दबाबमा छाडेको हो ।

सरावगी निकट मानिने वर्णवाल मेयरको चुनावमा आर्थिक बाडफाडको काम सम्हालेका थिए । वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका वर्णवाल मेयर सरावगीका बिजनेस पार्टनर पनि हुन् । वर्णवालकी श्रीमती रागिनी देवी वर्णवाल संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रदेश सभाको समानुपातिक सांसदमा सिफारिस भएको छिन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.