logo

मतदाता भन्छन, मधेशी जनताको प्रगतीको बाधक रौनीयारलाई चिनेका छौ 

      11/28/2017 गते 00 00 मा प्रकाशित     1816   पटक पढिएको

बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेशप्रेम पनि नक्कली भएको खुलाशा भएको छ । 
    ६ साउन २०७४ मा मध्य पश्चिम क्षेत्रीय सडक निर्देशनालय नेपालंगजले ५ करोड ५० लाख हर्जाना ठोकेको रौनीयारको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनले धेरै जसो निर्माणको ठेक्क मधेशमै लिएको छ । मधेशमा जनताको हितको कुरा गर्ने ठेकेदार रौनीयारले ठेक्का परेपछिको मोवलाइजेशन रकम भूक्तानी लिएर मोज  गर्छन । पर्साको क्षेत्र नं ३मा गएर मधेशी जनतामाथि बिभेद भयो भन्छन तर उनले मेधशी जनताले पाउने सुविधा आफै बन्चित गरेर राखेका छन । 


    ५ करोड हजर्ना तिर्नु पर्नेगरि नराम्रो काम रौनीयारले नेपालगंजमा गरेका हुन के त्यो मधेशमा पर्दैन देउरवानाका समसुदिनले प्रश्न गरे । के त्याहाको बाटोको प्रयोग मधेशी जनताले गर्दैनन उनले भने रौनीयार जनता झूक्याउन आएका हुन हामीलाई सबै कुरा पत्ता छ । पूर्व पश्चिमका अनेकौ ठेक्का लिएका छन पर्सामै उनको धेरै ठेक्का छ । निर्माण गर्दैनन गरे पनि गुणस्तर हुदैन ।


    धुनषा जिल्ला भएर बग्ने कमला नदीको पूलको ठेक्का रौनीयारले ०६८ सालमा लिएका हुन । ४ सय ५० मिटर लामो पूलको ठेक्का लिएको ६ वर्ष बित्दा समेत ५० प्रतिशत पनि काम भएको छैन । २२ करोड ४ लाखको लागतमा निर्माण हुने ठेक्काको पटक पटक म्याद थप गरेर २०७३ मंसिरमा हस्तान्तरण गर्ने तय भएपनि रौनीयार बेपत्ता भएका छन । यो मधेशमा पर्दैन ? मधेशी जनताको हित सम्मान र पहिचान दिलाउने रौनीयारलाई हेक्का छ की छैन मतदाताले प्रश्न गरिरहेका छन । 
    बाँके जिल्लामा बघौडा भन्ने गाउँ छ । त्यो गाउँ बुझनका निम्ति “हुम्ला जुम्ला” भन्यो भने सहजै बुझ्न सकिन्छ ।

त्यती बिकट ठाउँ जाहा आज पनि भारतीय मुद्रा चल्छ । यातायात सुविधा नचलेकै कारण यस्तो अब्यवस्था सहनु परेको त्याहाका जनतापनि मधेशी नै हुन । सडक यातायात बनाउनकालागि  मिटर चौडा ४४ किमी सडक कालोपत्रे गर्नु पर्नेमा ठेक्कार सकार गरेर रौनीयार बेपत्ता भएका छन । ३२ प्रतिशत कममा ठेक्का सकार गरेका रौनीयारकै कारण त्यस क्षेत्रका जनताले राम्रो बाटोमा हिडन पाएका छैनन । त्यो पनि मधेश नै हो ।

 

रौनीयारले पर्सामा समेत आफनो प्रतिष्ठाको ख्याल गरेनन । देशब्यापी रुपमा पर्साको समेत बदनाम गराएका रौनीयारले पर्सामा पनि थुप्रै योजना होल्डगरेका छन । तर निर्माण काम भएको छैन । जनताले तिरेको करको रकम मोवीलाइजेशनको नाममा लिएर भाग्ने गरेका रौनीयार पटक पटक दण्डीत समेत भएका छन । मधेशी जनताको प्रगती बाधकका रुपमा रहेका ठेकेदार रौनीयारले जनतालाई झूक्याउन नसक्ने भएपछि पेसाको छेलोखेलो शुरु गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.