logo

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

      11/29/2017 गते 00 00 मा प्रकाशित     1917   पटक पढिएको


०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए । उद्धघोषकले कांग्रेस परित्याग गरि हरि नारायण रौनीयार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिरहेका थिए । नेपाली कांग्रेसको नजिक रहेर सत्ता र शक्तिको प्रयोगले सरकारलाई सताउदै आएका रौनीयार यतिवेला मेधशीको सच्चा हिमायती भएको देखाउने असफल प्रयास गर्दै छन ।

मधेश आन्दोलनमा जतिवेला सडकमा युवाहरुको टाउको र छातीमा गोली लाग्दै थियो । रौनीयार गोली चलाउन सत्तामा आसीन नेपाली कांग्रेसको बफादार सदस्य थिए । तर उनले पर्साको क्षेत्र नं ३का जनतालाई झूक्याउन निकालेको संकल्पपत्रमा आफू कांग्रेसमा संगठीत रहेको कुरा कतै उल्लेख गरेका छैनन । नेपालकै “क” श्रेणीको ठेकेदार भएका रौनीयारले जारी गरेको संकल्प पत्र ठोस छैन हावादारी छ ।

ढाँटेको कुरा काटे मिल्दैन भने जस्तै आफनो ब्यवसायीक कार्य सम्पादनमा कहिल्यै गुणस्तरीय काम नगरेका रौनीयारले गुणस्तरलाई प्रथामिकता दिन्छु भन्ने कुरा संकल्प पत्रमा लेखेका छन जुन पढ्दा त राम्रो लाग्छ तर ब्यवहारमा उनले त्यस्तो गरेको तथ्य कमै छ । नयाँ सडकका योजनाहरुलाई प्रथामिकता भनेका छन । भएकै सडकको राम्रो गति छैन । नयाँ सडकका कुरा धरातलीय यर्थाथतासंग मेल खाने देखिदैन । पर्सा जिल्लामा सडक संजालले सबै गाउँ र बस्तीलाई छोएकै छ ।

नयाँ सडक संजालको तिब्र बिस्तार गर्नै पर्दैन । त्यती मात्र होइन रौनीयारकै पप्पु कन्ट्रक्शनले पर्साको सडक स्तरोन्नतीकोलागि काम गर्दा पर्साका सडकहरु झन बिगारेका छन । रौनीयारको यस्तो कामको बिरुद्ध पर्साको जनता सडक खण्डको टेढामा जनता सडकमा उत्रिएका थिए । प्रहरीले जनताको अवरोध हटाउनु परेको थियो । पोखरिया र बहुदरामाईलाई नमुना शहरका रुपमा बिकास गर्ने भनिए पनि त्यो कसरी गर्ने भन्ने कुरा संकल्प पत्रमा छैन ।

आधारहिन रुपमा शहर नमुना बन्ने पनि होइन । नमुना शहर बनाउन यसो गर्छौ भनेर लेख्न नसक्नेले काम गर्छ भन्ने कुरा पत्याउन सक्ने आधार हुदैन । लोडसेडिङ अन्त्यको कुृरा संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले आफनो क्षेत्रमा थर्मल प्लान्ट जडान गर्नेछन ? वा बिधुत उत्पादनको स्टेशन बनाउने छन ।

यो दुबै सम्भावना देखिदैन यस्तोमा लोडसेडिङ मुक्त गर्छु भन्नु हावा बाहेक के हुन सक्छ ? राष्ट्रीय उत्पादनमै उर्जाको आपूर्ती बढेपछि रौनीयारले भन्नै पर्दै आफै लोडसेडिङको अन्त्य हुन्छ । शहर गाउँवीच सडक यातायातको सहज सम्र्पकको स्थापना गर्ने संकल्प पत्रमा लेखेका छन ।

जनतारोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान
जनतारोड खण्डको टेढामा गुणस्तरहीन काम गरेपछि रौनीयार बिरुद्ध टायर बालेर बिरोध गरेका थिए । प्रहरीले टायर निभाएपछिको तस्विरः तस्विर इसीमान

रौनीयारलाई पर्साको सडक संजालको बारेमा ज्ञान छैन भन्ने कुरा उनको यही हावादारी योजनाले पुष्टी गर्छ । यातायातमा जेष्ठ नागरिक र बिद्यार्थीहरुलाई अहिले नै सहुलीयतको ब्यवस्था छ । रौनीयारले अहिले भएको भन्दा कस्तो ब्यवस्था गर्न खोजेका हुन त्यो उल्लेख छैन । वा संकल्प पत्र बनाउनेहरुलाई यो सहुलीयतको बारेमा ज्ञान छैन ।

यातयातका साधनको पर्याप्त ब्यवस्था गर्ने संकल्प पत्रमा उल्लेख छ । के रौनीयारले साधनहरु किनेर दिने हो र ? भोली कुनै नागरिक एउटा यातायातको साधन चाहियो भनेर गयो भने रौनीयारको जवाफ के हुनेछ ? जग्गा धितो राख ऋण लेल अनी सवारी साधन किन भन्ने हुन्छ की अरु केही स्वभाविक जिज्ञासा उठन थालेको छ ? ।

नेपाल सरकारले सामुदायीक बिद्यालयको शिक्षा नै निशुल्क बनाएको छ । रौनीयारलाई यो पनि थाहा छैन । देशकै अव्वल दर्जाको निर्माण ब्यवसायी भएका रौनीयार राज्यले बिभेद ग¥यो भन्दै कुर्लन्छन । तर राज्यले के दियो भन्ने बारेमा जानकारी राख्ने जाँगर समेत चलाउदैनन । अनि जनतालाई झूक्याउन सकिन्छ की भनेर सरकारले निशुल्क बनाई सकेको शिक्षालाई निशुल्क गर्छु भन्छन ।

ठेकेदारी गर्दा राज्यको अर्वौ रुपैया होल्ड गरेर बसेका रौनीयार पटक पटक दण्डीत पनि भएका छन । अव पनि उनी दण्डीत हुने लाईनमै छन । त्यसबाट बाँच्न सासद हुन खोजेका रौनीयार मानसिक रुपमा बिक्षिप्त भएर पनि होला यस्ता कुरा लेखेर आफनो संकल्प सार्वजनीक गरेका छन । शिक्षीत बेरोजगारलाई बिना धितो ऋणको पहल भनेक छन । भोली उनले जनतालाई जवाफदिदा “मैले पहल गर्छु भनेको थिए गरे तर हुन सकेन भन्ने ”जवाफ दिने छन । अर्को कुनेै बिकल्प उनीसंग रहने छैन । किन भने उनको संकल्प पत्रमा उनले गर्न सक्ने काम केही छैन ।

धेरै कुरा पहिला नै भइसकेका छन । जनतालाई झूक्याउनकालागि मात्र उल्लेख गरिएको संकल्पले रौनीयारलाई जिम्मेवार र जवाफदेही बनाउदैन । संकल्प मार्फत उनले उम्किने बाटोमात्र खोजेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.