logo

वीरगन्जको वैभव रुंगटाले फर्काउने

      12/1/2017 गते 00 00 मा प्रकाशित     1384   पटक पढिएको


वीरगन्ज– नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको पक्षमा चुनावी माहौल बन्दै गएको छ । पछिल्लो समय उनको चुनावी अभियानमा कांग्रेसजन मात्र नभई तटस्थ र अन्य दलका मतदाता समेत जुट्न थालेका छन् । आर्थिक र व्यापारिक नगरीको रुपमा स्थापित भएपनि कुसल र प्रभावशाली नेताको अभावमा विकास र भौतिक पूर्वाधारमा पछाडि परेको वीरगन्जको पुरानो वैभव फर्काउन उद्योग र राजनीतिमा सफल व्यक्तित्व अनिल रुंगटाले मात्र सक्छन् भन्ने यहाँका मतदाताले बुझेका छन् । पहाडी र मधेसी समुदायलाई जोडेर राख्ने तथा केन्द्रबाट विकासका योजना ल्याउने क्षमता रुंगटामा छ । पछिल्लो ६ महिनाको मधेस बन्द र नाकाबन्दीले पिल्सिएको वीरगन्जवासीले रुंगटामा एउटा आशाको किरण देखेका छन् । उद्योग व्यापारमा सफल रुंगटा समाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएका छन् । उनका पिता ओमप्रकाश रुंगटा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । राजनीति र व्यापारलाई संग/संगै अगाडि बढाएका अनिल रुंगटा जगदम्बा इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । 
पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेसका नेता अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले शुक्रबार वीरगन्जमा घरदैलो तथा चुनावी सभा गरेका छन । उम्मेदवार रुंगटाले वीरगन्ज ८ गहवामा घरदैलो र सुखचैनामा चुनावी सभा मार्फत मतदातालाई नेपाली कांग्रेसमा भोट दिई आफनो भविष्यलाई सुनिश्चित गर्न आग्रह गरेका हुन ।
    समाजलाई रुपान्तरित गर्नको लागि निस्वार्थ रुपमा राजनितिकमा लागेको बताउदै रुंगटाले समाजको आर्थिक उन्नतिलाई बढाउदै विकास निर्माणको योजना ल्याउनको लागि अघि बढेको बताए । ‘हाम्रो समाज धेरै पिछिडिएको छ, विगत २० बर्ष देखि समाजको विकास हुन सकेको छैन, जो नेता आउछ आश्वासन दिएर जान्छन नेता रुंगटाले भने आफू आश्वासन दिन होईन काम गर्न तपाई माझ आएको हो एकपल्ट सेवा गर्न मौका दिनुस् म काम गर्न तयार छु ।’ 
    नेता रुंगटाले भने वीरगन्ज अहिले नामको लागि मात्र आर्थिक राजधानी हो तर काम छैन, विगतको लगातार बन्द हडताल र लामो समय सम्म नाका बन्दीले गर्दा उद्योग उद्योगिहरु अन्यन्त्र सरेका कारण यहा आर्थिक रुपमा सम्पन्न छैन । उनले भने सुरक्षाको अनुभुति सहित बन्द हडताललाई पूर्ण रुपमा बन्द गरी यहा बाट पलायन भएका उद्योग उद्योगिलाई पुर्नस्थापना गरी वीरगन्जलाई सबल रुपमा आर्थिक राजधानी बनाउने विश्वास दिलाउनु भयो । 
    अहिले मधेश आन्दोलनको कुरा गर्ने ०६३ को प्रथम मधेश आन्दोलनमा कहा थिए ? प्रथम मधेश आन्दोलन ताका पूर्वराजाको मन्डले पार्टीको झोला उठाउदै हिडने अहिले आएर आफूलाई मधेशको मसिहा भन्ने । उम्मेदवार रुंगटाले भने फोरम नेपालका उम्मेदवार संग कुनै एजेन्डा छैन, यदि एजेन्डा नै छ भने कक्षा ८ फेल भएका नेता संग कस्तो एजेन्डा होला तपाई हामी सहज अनुमान गर्न सक्छौ । मधेशी नेताहरुले मधेशी जनतालाई भ्रमित पारी भोट बटुल्ने काम गरी रहेका छन उनले भने मधेश र मधेशीको हकअधिकार सुनिश्चित सहित समग्र मधेशकै विकास गर्ने जिम्मेवारी नेपाली कांग्रेसको कांधमा आएको हुनाले कसैको भ्रममा नपर्न आग्रह गर्दै नेपाली काग्रेसका उम्मेदवारलाई भारी बहुमतले विजय गराउन सम्पूर्ण नगरवासी संग आग्रह गर्नुभयो । 
    बुथ सभापती रितेश साह कानुको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका सभापती अजय दुवेदी, नेता राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, प्रकाश उपाध्याय, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नगर अध्यक्ष भोला साह कलवार, नेता राजु गुप्ता, रविन्द्र ठाकुर, राजेन्द्र श्रेष्ठ, नेविसंघका राकेश यादव, दिलिपराज कार्की, राहुल कर्ण लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.