logo

वीरगन्जलाई विहारीकरण हुनबाट जोगाऔँ

      12/2/2017 गते 00 00 मा प्रकाशित     7010   पटक पढिएको


वीरगन्ज - संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ ।

भारतको विहार र उत्तरप्रदेश राज्यमा आफू चढ्ने गाडीमा यस्तो ‘नेम प्लेट’ झुन्डयाउने प्रवृत्ति बढी छ । यता, नेपालमा वीरगन्जका मेयरले पहिलो पटक विहारी शैली अप्नाएका हुन् । उनी मात्र नभएर फोरमबाटै आसन्न प्रतिनिधी सभा चुनावमा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानमा विहारका सांसद अजय निसाद र राजदका नेता साविर अंसारीलाई सहभागि गराई भाषण गर्न लगाए । 

विदेशी सांसद र नेता नेपालको चुनावमा मतदातालाई प्रभाव पार्न प्रयोग गरिएपछि यस क्षेत्रका युवा तथा भद्रभलादमी वर्गले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली जनताले आफ्नो भविष्य निर्माण गर्ने सांसद चयन गर्दा विदेशीको हस्तक्षेप भएको भन्दै विरोध गरेका हुन् । गत साता रिपोर्टस क्लबको आयोजनामा वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर अगाडि भएको चुनावी अन्तरक्रियामा फोरमका कार्यकर्ताले आफ्ना उम्मेदवार प्रदीप यादव बाहेक अन्य पार्टीका उम्मेदवारलाई बोल्नै दिएनन् ।
 
कांग्रेस र एमालेका उम्मेदवारले बोल्न लाग्दा सिटबाट उठेर हुलहुज्जतमा उत्रेका थिए । चुनावी अन्तरक्रियामा सहभागि हुन आएका अधिकांश जनता फोरम कार्यकर्ताको उच्छश्रृंखल गतिविधीबाट निराश बन्दै फर्किएका थिए । नजित्दै यस्तो गुन्डागर्दी प्रदर्शन गरेका फोरमका कार्यकर्ताले उसको नेता जितेपछि भविष्यमा के–के गर्ने होलान् भन्दै फर्किएका थिए । 
आर्थिक नगरी वीरगन्ज नेपालकै मूख्य व्यापारिक केन्द्र हो ।

यहाँको जनता मुलुकको हरेक राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका छन् । तर, यहाको नेताको केन्द्रमा पहुच नहुदा वीरगन्जको विकास हुन सकेन् । २००७ सालमा पर्सामै पहिलो पटक नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्जमा राणाहरुको ब्यारेक कब्जामा लिएका थिए । त्यसपछि भएको ०४६ सालको आन्दोलन होस् वा ०६२/०६३ जनआन्दोलन वीरगन्जवासीको व्यापाक सहभागिता रहेको थियो ।

०६४ को पहिलो मधेस आन्दोलनपनि वीरगन्जमा चर्किएपछि मात्र सफल भएको थियो । पछिल्लो पटक भएको तेस्रो मधेस आन्दोलन मधेसका अन्य सहरहरुमा फितलो बनेपछि वीरगन्ज एक्लैले आन्दोलनको बिँडो थामेको थियो । सम्पूर्ण जनताले आन्दोलन र नाकाधर्नामा साथ दिए तर फोरमका नेताले तेल तस्करी र सुक्खा बन्दरगाहबाट गाडी पठाएर अकुत सम्पक्ति कमाए । त्यही नेता अहिले मधेसको ‘मसिहा’ भएको दाबी गर्दै जनतासंग भोट मागिरहेका छन् ।

ऐतिहासिक व्यापारिक नगरीका मतदाता अहिले जटिल मोडमा उभिएका छन् । ५ वर्षका लागि सांसद प्रतिनिधी चयन गर्ने बेला गलत व्यक्ति जितेर गएमा यो क्षेत्र थप १० वर्ष पछाडि पर्ने पक्का छ ।  कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटा एक सफल उद्योगी र व्यापारी पनि हुन् ।

वीरगन्जको समस्या समाधान गर्न चौतर्फी योजना बनाएका रुंगटाको राज्यको माथिल्लो निकायमा राम्रो सम्बन्ध छ । सांसदमा निर्वाचित भएपछि रुंगटाले सजिलै योजना ल्याउन सक्छन् । युवालाई रोजगारी र वीरगन्जको वैभव फर्काउने मूख्य लक्ष्य लिएर चुनावी अभियानमा होमिएका रुंगटाले संविधान संशोधन गरी मधेसको असन्तुष्टि समेत पुरा गर्ने बताउँदै आएका छन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.