logo

लड्ने मधेसी, टिकट पाउने श्रीमती

      12/4/2017 गते 00 00 मा प्रकाशित     15269   पटक पढिएको


वीरगन्ज - ‘पहिलो मधेस आन्दोलनमा कांग्रेस छोडेर फोरममा लागे । त्यसपछि निरन्तर मधेसका लागि संघर्ष गरिरहे । पछिल्लो ६ महिनाको नाकाबन्दीमा दिनहुँ वीरगन्ज रक्सौल नाकामा धर्नामा बसे । तर, जब पार्टीबाट टिकट दिने बेला आयो तब श्रीमतीलाई दिइयो ।

आफूलाई मसिहा भन्नेहरु तेल तस्करी गरे । पैसा लिएर ड्राइपोर्टबाट ट्रक काठमाडौँ पुर्‍याए । सहिद परिवारलाई चुनाव लड्नका लागि टिकट नदिनेहरु अहिले सहिदकै फोटो टोल टोलमा घुमाएर भोट मागिरहेका छन् । फोरमसंग कुनै एजेन्डा नै छैन् ।’ यि सबै कुराबाट आजित भएर संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्य सलाम शेख सामेबार साँझ फोरम परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । |

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार अनिल कुमार रुंगटाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शेख सलामले भावुक हुँदै भने, ‘मधेसको सच्चा पार्टी त कांग्रेस नै रहेछ ।’ सलामले यति भन्ने बित्तिकै चारैतर्फ जय नेपालको नारा गुन्जिएको थियो । उनीसंगै राष्ट्रिय जनता पार्टी (राजपा) का सचिव विनोद कुशवाहा, मुस्लिम संघको केन्द्रीय सदस्य एैनुल देवान, किर्तन मण्डलीका अध्यक्ष हृदेणी साह कानुको नेतृत्वमा करिब ३ सय स्थानीय मुर्ली चौकमा आयोजित रात्रिसभामा प्रवेश गरेका थिए ।

 प्रतिनिधी सभाका उम्मेदवार अनिलकुमार रुंगटाले नवप्रवेशीलाई अविर र माला लगाएर स्वागत गरेका थिए । मधेसको बांकी रहेको माग संविधान संशोधन मार्फत कांग्रेसले नै पुरा गर्ने र विकासको बाटोमा मुलुकलाई अगाडि बढाउने रुंगटाले बताए । यसैगरि राधेमाईका युवा भूषण क्षेत्रीको नेतृत्व ५५ जना युवाहरुलाई पनि रुंगटाले पार्टीमा स्वागत गरेका थिए । 

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन फोरम र राजपाका सयौँ युवा कांग्रेसमा प्रवेश गर्दा कांग्रेस क्षेत्र नम्बर एकको चुनावी अभियानमा सकारात्मक सन्देश प्रवाह भएको छ । राजनीतिक विश्लेषकका अनुसार मतदानको सँघारमा यसरी फोरमका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दा कांग्रेसजन उत्साही बनेका छन् ।

उम्मेदवारी मनोनयन दर्तापछि पर्सा क्षेत्र नम्बर एकमा पर्ने १९ वटा वडामा झन्डै ७ हजार नयाँ कार्यकर्ता प्रवेश गरिसकेका छन् । आर्थिक तथा व्यापारिक नगरी वीरगन्जको समृद्धि, विकास र रोजगारका लागि उम्मेदवारी दिएका अनिलकुमार रुंगटाको पक्षमा पछिल्लो समय जनलहर बढ्दो छ । फोरम र राजपाका असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले पनि रुंगटालाई भोट हाल्ने बताइएको छ ।

यसपाली एमालेका उम्मेदवारको पक्षमा माहौल नबनेपछि एमालेको अधिकांश मतदाताले समेत रुंगटालाई नै मत हाल्ने एमालेका एक नेता बताउँछन् । वीरगन्जको उज्जवल भविष्यलाई लिएर चिन्तित रह्ने प्रवुद्ध वर्गले समेत समाजमा असल छवि बनाएका रुंगटालाई मतदान गर्ने मनस्थिती बनाएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.