logo

बाराको दुई वटा प्रदेशसभामा बामगठबन्धनको जीत

      12/10/2017 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

वीरगन्ज, २४ मंसिर । बाराको प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

 

बाराको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा बामगठबन्धनकी उम्मेदवार ज्वालाकुमारी साह विजयी भएकी छिन् । बामगठबन्धनको तर्फबाट साझा उम्मेदवार माओवादीकी ज्वाला कुमारी सहाले ११ हजार ७ सय ७१ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवारले १० हजार एकसय ४१ र राजपा फोरम गठबन्धनको मसाल छापका उम्मेदवारले ६ हजार तीनसय ८२ मत मात्रै पाएका छन् । नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बारा क्षेत्र नम्बर ४(१) बाट प्रदेश सभा सदस्यमा निर्वा्चित भएका छन् ।

 

बाम गठबन्धनका साझा उम्मेदवार विश्वकर्माले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीलाई ३ हजार ४ सय ४७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । विश्वकर्माले ११ हजार ७ सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कार्कीले ८ हजार ३ सय २३ मत प्राप्त गरेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य (क) मा संघीय समाजवादी फोरमका शारदा शंकर प्रसाद जयसवाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ८ हजार एकसय मत ल्याएका थिए । त्यस्तै माओवादीका उम्मेदवारले चार हजार दुईसय ७९ मत मात्रै पाएका छन् ।

बारामा प्रतिनिधिसभा निर्वाचनको मतान्तरमा भने निकै प्रतिस्पर्धा भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.