logo

नेपाली जनताको बिकास र समृद्धिको चाहना पुरा गर्छौ - नेता नेपाल

      12/15/2017 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

बीरगंज २९ मंसिर ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकता हुने कुरमा कुनै संशय नरहेको बताएका छन  । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बीरगंजमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमंत्री समेत रहनु भएका नेता नेपालले नेपाली जनताको चाहना दुबै पार्टीको एकता भएको कुरा निर्वाचनका माध्यमले पूर्नपुष्टी भएको बताए  ।

नेता नेपालले सरकार नेतृत्व गठनका सम्बन्धमा कुनै समस्या नरहेको प्रष्ट पारे  ।
      नेता नेपालले काम चलाउ सरकारले बाहिरिने बेलामा गरेको बिभिन्न नियुक्तिप्रति असन्तोस जनाए  । उहाँले यो प्रक्रिया अनुचीत रहेको चर्चा गर्दै आउने सरकारले कामचलाउ सरकार निर्णय मान्न बाध्य नहुने समेत प्रष्ट पारे ।

 

उनले सम्बैधानिक बाध्यता भए वामगठबन्धनसंग छलफल गरेर मात्र काम गर्नु पर्ने धारणा ब्यक्त गरे  ।
      नेता नेपालले अव बन्ने स्थिर  अनी वामगठबन्धनको सरकारले बिकास र समृद्धिको जनताको चाहना पुरा गर्ने बताए  । उनले जित्नु मात्र ठुलो कुरा नभई जीतका आधारहरुलाई रक्षा गर्दै थप बिकासकालागि योग्यतापूर्वक काम गर्नु पर्नेमा जोड दिए  ।

 

उनले जनताले बिकास र समृद्धि चाहेको चर्चा गर्दै हुलाकी राजमार्गको निर्माण,राम्रा सडक संजाल रेल सडक निर्माण नयाँ शहरहरुको निर्माण  उत्तर दक्षीण जोडने सडकहरु निर्माणमा बिशेष ध्यान दिइने बताए  ।
      पर्सा जिल्लामा वामगठबन्धनले कुनै पनि सिट जीत्न नसकेको प्रति नेता नेपालले पार्टी भित्र मौलाउदै गएको गलत प्रवृतिलाई समाप्त पार्न लाग्नु पर्ने सुझाव दिदै हारका कारणहरुको समिक्षा गरेर कमजोरीहरु सच्याउने कुरामा अगाडि बढन स्थानीय नेतृत्वलाई निर्देशन दिए  ।  

 

 
    ।प्रेस चौतानरी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षता भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, बंशीधर मिश्र, पर्सा ईन्र्चाज रामचन्द्र साह, पुर्व सांसद राजकुमार गुप्ता, बिचारी यादव, जयप्रकास थारु,प्रद्युम्न चौहान, पर्सा संयोजक प्रभु हजरा,संह संयोजक डा.बिश्वम्भर शर्मा पूर्व संयोजक चीरन्जीवी आचार्य नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, एमाले नेता शम्भु गुप्ता,बिना शर्मा,उषा चौधरी महम्मुद अंसारी,अकलेश साह लगायतको उपस्तिथि रहेको थियो ।

 

कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोठेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.