logo

शेयर सदस्य बिनै हिमालयन डिष्ट्रलरीको साधारण सभा

      12/15/2017 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

वीरगञ्ज, २९ मंसिर : वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ । विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे । पछिल्लो समयमा डिष्ट्रिलरीको गतिविधि शंकास्पद हुने गरेको छ ।

त्यसमा पनि साधरण सभा सञ्चालक र शेयर सदस्य विना नै सम्पन्न भएको बताईएपछि यसले थप चर्चा पाईरहेको छ । 
गत कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७३÷७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितको लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिले सिफारिस गरे अनुसार कम्पन्ीको शेयर सदस्यहरुलाई नगद लाभांसमा लाग्ने कर समते प्रति शेयर एक्काईस रुपैयाँ पाँच पैसाका दरले नगद लाभांस वितरण गर्न स्वीकृत गर्ने, आर्थिक वर्ष ०७४÷७५ का लागि लेखा परीक्षक नियुक्ती, सञ्चालक समितिले एक वर्षमा गरेका कार्यहरुको कार्यकाललाई समर्थन तथा अनुमोदन गर्ने, कम्पनी र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्राली र फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्राली र जेजिआई डिष्ट्रिव्युसन प्राली बीच भएको तीन सम्झौताहरु स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने संस्थापक समूहबाट तीन जना र सर्वसाधरण समूहबाट २ जना सञ्चालक सदस्यहरुको निर्वाचनद्वारा चयन गर्ने भनिएपनि त्यस्तो केहि पनि नभई साधरण सभा सकिएको छ । 

 


दुई वर्ष अघिसम्म सार्वजनिक रुपमा साधरणसभा खुल्ला चौरमा गर्ने गरिएकोमा पछिल्ला वर्षहरुमा गुपचुप रुपमै साधरण सभा गर्ने गरिएको मजदुरहरुले बताएका छन् । ‘तीन वटा युनियनका अगुवाहरु जान्छन्, सञ्चालक समितिका मानिसहरु आउँछन्, एउटा कोठामा बस्छन्, कुरा मिलाएर जान्छन् ।

मजदुरहरुलाई साधरण सभाको बारेमा केहि पनि जानकारी दिईदैन । ’ एक जना मजदुरले नाम नबताउने शर्तमा भने ‘ पहिले त यस्तो हुँदैनथ्यो । खुल्ला चौरमा साधरण सभा हुन्थ्यो, हामीले आफ्नो दुःख सुखको कुरा सञ्चालकहरुलाई भन्थ्यौं ।’  मजदुर नेताहरुले पैसा खाएर सञ्चालकहरुसँग मिलेर बदमासी गरेको आरोप मजदुरहरुको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.