logo

वीरगंज ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु

      12/18/2017 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

बीरगंज ३ पर्सा । 
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ । सोमबार वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रनिधिनिधि सभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले सो मार्ग सुधारको बीरगंजको पावरहाउस चोकमा शुभारम्भको शिलन्यास गरेका हुन ।

 


भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्ज–ठोरी सडक खण्ड अन्तर्गत सेढवासम्मको ३० किलोमीटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रा.लि. र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् । १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपौयाँको लागतमा निर्माण हुन लागेको १५र१५ मिटर चौडाई भएको दुईलेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । 

 


सडक विभाग र ठेकेदार कम्पनीबीच ३० महीनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको छ । परियोजनाको प्राविधिक कन्सल्ट्याण्ट भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडको रहेको छ ।

 


सो वीरगञ्ज–ठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य जन्नत अन्सारी, २ का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो । 

 


पर्सामा हुलाकी सडक योजना सम्पन्न भएसँगै मुलुककै आर्थिक राजधानी मानिएको वीरगञ्जसँग अहिले प्रयोगमा आइरहेको पूर्वपश्चिम राजगार्मको विकल्पसमेत खुला हुने भएकाले पर्साको विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.