logo

नौ घण्टापछि सुपर ग्यास उधोगमा लागेको आगो नियन्त्रणमा आयो

      12/20/2017 गते 00 00 मा प्रकाशित     1993   पटक पढिएको

बीरगंज ५ पौष । 
बीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजे देखी लागेको आगो दिउसो साढे ३ बजे नियन्त्रणमा आएको छ । अपराह्न ३ बजेतिर पूर्णरुपमा नियन्त्रणमा आएको आगो निभाउन सुरक्षाकर्मी र स्थानीय एस्टिङ्गुइसर र भिजेको बोरा लिएर दिउँसो एक बजेमात्र उद्योगमा प्रवेश गर्न सफल भएका थिए ।

स्थानीय केनालाल राउतकाअनुसार आगो बल्न कम भएपछि ग्यास लिक भएको पाइपसम्म पुगेका सुरक्षाकर्मी र स्थानीयले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएका थिए । लगत्तै भिजेको बोराले लिक भएको पाइप छोपेर लिक भएको ग्यास बन्द गरेको उधोगका प्रवन्धक दिवाकर खड्काले बताउनु भयो ।

     वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा बिहान आगो लागेको हो । बिहान उधोगका बुलेटबाट ग्यास लिक भएपछि उधोगका कर्मचारीहरु भागेको प्रवन्धक खड्काले बताए । ग्यास लिक भएपछि स्थानीय प्रहरी प्रशासनलाई खवर गरेको उनले बताए । स्थानीय प्रशासनले बीरगंज महानगरको बारुणयन्त्र उधोग स्थलमा पठाउन लगाएको हो । उधोगमा पुगेको बरुणयन्त्रले उधोग परिसरमा पसेर पानीको पाइप मिलाएर चेक गर्नकालागि बारुण यन्त्र स्टार्ट गर्दा आगलागी भएको घटनास्थलमा रहनु भएको प्रहरी नायव निरिक्षक यज्ञ चौलागाईले बताए  ।

     गाडी स्टार्ट गर्दा आगोको झिल्को फाल्यो (स्पार्क ग¥यो ) अनी आगो लाग्यो चौलागाईले भने  । ग्यास लिक भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कुरा बुझ्न गण्डक चौकीका प्रमुख चौलागाई उधोग मा पठाएको हो । ग्यास बगेको देखिन्थ्यो उहाँले भन्नु भयो स्टयाण्डबाई राख्नु पर्ने दमकल स्टार्ट भएपछि आगोलाग्यो अनी ज्यान जोगाउन भागियो । चौलाईगाईको खुट्टा खालि थिए भने प्रहरी हवलदार ब्रहमनारायणको जीउ हिलाम्मे भएको थियो ।

उधोगमा लागेको आगोको लप्काले बरुणयन्त्रका कर्मचारीहरुलाई लपेट्यो । बरुणयन्त्रका यादव अधिकारी मदुसुदन मिश्रको ज्यान गयो । संजीव नेपाल र अरुण महतो गम्भिर घाइते भएका छन । घाइते दुबैलाई थप उपचारकोलागि बिहान पौने ११ बजे हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
 ग्यास लिक किन भयो भन्ने बिषयमा उधोगले केही खुलाएको छैन । तर ग्यास लिक भएपछि उधोगका कर्मचारीहरु उधोग छाडेर भागेको घाइते भएका उधोगका कर्मचारी अमिका राउत कुर्मीले बताए । उनको बीरगंजको हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । उधोगमा रहेको ग्यास बुलेटमा जर्वजस्ती क्षमता भन्दा बढी ग्यास भर्न खोज्दा ग्यास लिक भएको स्रोतले बताएको छ । 

 उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने आशंकामा स्थानीय प्रशासनले उधोग नजिकका बस्तीकाबासिन्दालाई सुरक्षीत स्थानमा जान अपिल ग¥यो ।

 आगो निभाउन उधोगमा पस्ने सक्ने अवस्था नभएपछि स्थानीयलाई सुरक्षीत स्थानमा सार्ने काममा स्थानीय प्रशासनले प्रथामिकता दिएको थियो ।

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । आगो नियन्त्रणमा जान सक्ने अवस्था थिएन  । ग्याँसबुलेट विस्फोट हुँदा लामो ठाउँसम्म प्रभाव पार्ने भएकोले चिन्तित रहेका स्थानीय बासिन्दा आगो नियन्त्रणमा आएपछि भने ढुक्क छन । उनीहरु आगो नियन्त्रणमा आएपछि  घर फर्किएका छन ।

   
आगलागी नियन्त्रण गर्नका लागि रक्सौलबाट बारुणयन्त्र आएको थियो । त्यस्तै कलैया उपमहानगरपालिका सिमरा लगायतका स्थानबाट बारुणयन्त्र झिकाइएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले डिजेल पेट्रोलबाट भएको आगलागीलाई नियन्त्रण गर्न सक्ने प्रविधि उपलब्ध हुने सक्ने बताए  । तर उनले ग्यासबाट लागेको आगो निभाउने कुनै यन्त्र आफूहरुसंग नरहेको स्पष्ट पारे ।

 ग्यास उधोगमा लागेको आगो नियन्त्रण नआएपछि स्थानीय प्रशासनले भने अनुसार नै स्थानीय बासिन्दाहरु बस्ती छाडेर बाहिरिए । मनियारी,भवानीपुर, इटियाही,जगरनाथपुर पटेलनगर लगायतका बस्तीका बासिन्दा सुख्खा बन्दरगाहबाट निस्कने ६ लेनको सडकमा निस्किएका थिए ।

सुरक्षाका कारण कसैले पनि घरमा आगो बालेनन । चुलो नवलेपछि भोकै सडकमा गएका जनतालाई चिउरा,भूजा,मिठा ,चाउचाउ पानी जस्ता खाद्य सामाग्री बितरण गरिएको थियो । बीरगंज महानगरपालिका, क्षेत्र नं २ सासद बिमल श्रीवास्तव तवरेज अहमद मुकेश द्विवेदी शशीकपुर मिया अजय साह,नेपाली कांग्रेसका नेताहरु अनिल रुङटा,अजय कुमार चौरसिया रामनारायण कुर्मी ओमप्रकाश शर्मा लगायतको टोलीले राहत सामाग्री बितरण गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.