logo

पर्सा कांग्रेसमा १४ अन्तरघातीलाई कारवाही सिफारिश

      12/29/2017 गते 00 00 मा प्रकाशित     1601   पटक पढिएको

बीरगंज १४ पुष ।
नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा परेको बताएका छन । पार्टीले बीरगंजमा आयोजना गरेको पत्रकरा सम्मेलनमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभाको भर्खरै सम्पन्न निर्वाचनमा पैसाको चलखेल भएको सन्दर्भप्रति संकेत गर्दै यस्तो बताएका हुन । 


    उनले पैसाको चलखेलका कारण मत प्रभावित भएकोले आफूले झिनो मतान्तरमा चुनाव हार्नु परेको खुलाए । उनले आचारसहित पालना नभएको सन्दर्भमा समेत जिम्मेवार निकायले ध्यान नदिएको बताए ।

 

मासु बाढने,भोज भत्तेर गर्ने सार्वजनीक स्थानमा पोष्टर टास्ने,चर्को अवाज भएका बाजा बजाउने सबै गर्न हुदैन भन्ने काम भयो उनले भने यही प्रवृतिले गर्दा लोकतन्त्रमा खतरा बढयो । पार्टीको तर्फबाट सासदको उम्मेदवार समेत रहेका चौधरीले अवस्था यस्तै रह्यो भने आम नेपालीका सन्तानले सांसद हुने सपना नदेखे हुने बताए । उनले निर्धनत्म आम नेपालीको छोराले सासद हुने सपना देख्न पायो भने मात्रै त्यो सहि लोकतन्त्र हुने बताए ।

ब्यल्याक मनी ,धनीमनी र ठेकेदारहरुकालागि मात्र प्रजातन्त्र आएको हो र ? भन्ने प्रतिप्रश्न गर्दै उनले भने प्रजातन्त्रले आदर्श समाज निर्माण गर्न सक्नु पर्छ ।
    हालै सम्पन्न निर्वाचनमा १३ सय मतले पछाडि परेका नेता चौधरीले आफनो पार्टीका नेताहरुको अन्तरघातका कारण आफूले हार्नु परेको बताए । उनले अन्तरघात गर्ने पार्टीका नेताहरुलाई पर्साको क्षेत्र नं ३को समिक्षा बैठकले कारवाही गर्न सफिारिश गरेको समेत बताए । 


    पुष ३ गते सम्पन्न ४ सय ५० क्रियाशिल सदस्यहरुको समिक्षा बैठकले  पार्टीका निर्वतमान सासद राजेन्द्र बहादुर अमात्य सहित अन्य १३ जनालाई करावाही गर्न सिफारिश गरेको छ । त्यसरी कारवाहीको सिफारिशमा पर्नेहरुमा पूर्व सभासद रामेश्वर रौनीयार ,शम्भू चौहान,असर्फि साह,मनोज यादव ,मृतुन्जय श्रीवास्तव ,रामनरेश प्रसाद यादव ,राजदेव यादव,भगवती प्रसाद चौधरी ,दिनानाथ साह तेली,बिद्याकान्त पाण्डे,बाबुलाल मेहता,साविर अन्सारी र फजिल मिया रहेका छन । उनीहरुलाई पार्टीको साधारण सदस्य बाट समेत १० वर्षकालागि निलम्बन गर्न समिक्षा बैठकले सिफारिश ग¥यो ।


चन्द्रकिशोर चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन भने अलिअसगर देवानले गरेका थिए । कार्यक्रममा श्रीकिसुन चौहान,शैलेन्द्र यादव,प्रभू पटेल,फकरुदिन देवान,मुक्ति पटेल,रिजवान अन्सारी हजारी साह लालबाबु ओझा लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.