logo

गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, कलवार दाजुभाईकै कुरा मिल्दैन 

      12/29/2017 गते 00 00 मा प्रकाशित     2471   पटक पढिएको

पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 
सोमबार कसरी छापामारी ग¥यो ? 
प्रहरी श्रोतका अनुसार लाँगूऔषध गाँजा रहेको भनी पाइएको सुचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । प्रहरीले आफ्नो मिसन सफल बनाउँनको लागि सुरुमा २–३ जना सादा पोसाकका प्रहरीलाई गाँजाको कारोबारी बनाएर जंगबहादुर प्रसाद कलवारको घरमा ग्राहकको रुपमा पठाएको श्रोतको भनाई छ ।

उनीहरुको टोलीले केही गाँजा आफूहरुलाई चाहिएको भन्दै सुरुमा गम्भिरा कलवारसंग केही गाँजा खरिद ग¥यो । त्यसपछि थप परिमाणमा अझै आफूहरुलाई गाँजा चाहियो भनेर प्रेम र शर्मा कलवारसंग खरिद गरी छापामारी गरेको टोलीमा सहभागी एकजना प्रहरीको भनाई छ । उनका अनुसार– ‘प्रहरीले तीनै दाजूभाईसंग गाँजा खरिद गरीसकेपछि उनीहरुको छुट्टाछुट्टै रहेको घरमा छापामारी करीब ४८ किलोग्राम गाँजा बरामद गरेको थियो ।

 

’तीनै जनाको घरबाट गाँजा बरामद भइसकेपछि डिएसपी साहेबको निर्देशन अनुसार शुरुमा ६ जनालाई पक्राउ गरिएको थियो । तर तीन जनालाई मात्र जिल्ला प्रहरीमा ल्याइएको नाम नलेख्ने सर्तमा उनले बताए ।

 

प्रहरीले पछि पत्रकार सम्मेलन गरेर दुई जनालाई मात्र सार्वजनीक गरेको थियो । उनी भन्छन्– ‘यदि त्यो दोषी नभएको भए उनीसंगै समातिएका ६ जनामध्ये अनुसन्धान गरी ३ जनालाई मात्र किन जिल्ला ल्याइयो ? गाँजासहित पक्राउ गरेकै कारणले उनीहरुलाई ल्याइएको हो । तर,खै के कारणले प्रेमले उन्मुक्ति पाए थाँहा भएन ।’उनले दोहो¥याउँदै भने यदि त्यो निर्दोष भएकोभए त्यही दिन छाँडिएका अन्य ३ जनासंगै उनी किन छाडिएनन् भन्ने तथ्यले नै पुष्टि गर्छ नि ?।
प्रेमलाई जोगाउन किन उत्रियो प्रहरी ?

प्रहरीले आर्थिक नजराना लिएको भन्दै बीरगंजका स्थानीय सञ्चारम माध्यमहरुमा समाचार आयो । तर त्यसको चार दिनपछि खण्डन स्वरुप पर्सा प्रहरीले एक पत्रकार सम्मेलन गरी घटना बारे जानकारी गरायो  । पत्रकार सम्मेलनमा शर्मा कलवारले आफूले त्यो गाँजा अन्जान ब्यक्तिसंग बाटोमा २० हजारमा खरिद गरेको बताए । उनले त्यो गाँजा ८० हजारमा बेच्नलाई किनेको भनेका थिए ।

 तर प्रहरी कार्यालयको अर्को कोठामा  त्यसको २ मिनेट बित्न नपाउदै प्रेम कलवारसंग साक्षत्कार गरिरहेका पत्रकारलाई कलवारले फरक कुरा बताए । कलवारले प्रहरीले बरामद गरेको ४८ किलो गाँजा आफनै खेतमा पाँच वर्ष अगाडि उत्पादन गरि भण्डारण गरेर राखेको बताएका थिए ।

उनीहरुको भनाईमा एकरुपता नदेखिएपनि आर्थिक चलखेलका कारण मुख्य कारोबारी प्रेम कलवार छाँडिएको प्रहरी श्रोतको दावीमा दम रहेको छ । करीब ७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीका अनुसार उनलाई त्यही वडाको वडा अध्यक्षमार्फत छाडिएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.