logo

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रधानाध्यापकहरुलाई मेयर डा. पौडेलको निर्देशन

      1/2/2018 गते 00 00 मा प्रकाशित     1237   पटक पढिएको

सिमरा, १८ पौष  . जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सामुदायिक बिद्यालयको गुणस्तरमा सुधार ल्याउन उपमहानगरभित्र रहेका विद्यालयका प्रध्यानाध्यापकलाई निर्देशन दिएका छन् ।
उपमहानगरभित्रका ६३ वटा सामुदायिक बिद्यालयका प्रध्यानाध्यापकसंग आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले सामुदायिक बिद्यालयले अब निजि बिद्यालयको शैक्षिक स्तरसंग भिन्नता नहुने गरी सुधार ल्याउनुपर्ने बताए । 


सामुदायिक बिद्यालयको शैक्षिक स्तर कमजोर रहेको भन्दै आउने गरेको टिकाटिप्पणीप्रति गम्भिर रहेको भन्दै नगर प्रमुख डा. पौडेलले अबका दिनमा त्यस्ता टिकाटिप्पणी आउन नदिनका लागि आफ्नो जिम्मेवारी गम्भिरताका साथ बहन गर्न प्रध्यानाध्यापकलाई निर्देशन दिए । प्रमुख डा. पौडेलले शैक्षिक क्षेत्रको ब्यवस्थापनको जिम्मेवारी स्थानिय तहमा आएपछि शिक्षामा आमुल परिवर्तन ल्याउन र शैक्षिक क्षेत्रको समस्या समाधानका निम्ति उपमहानगर गम्भिर भएर अघि बढिरहेको बताए । 


सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार नगरेसम्म हामीले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सक्दैनौ’ नगर प्रमुख डा. पौडेलले भने “ अव पनि सुधार नल्याए कहिले ल्याउने ? त्यसैले प्रधानाध्यापकले आफ्नो बिद्यालयको सुधारका लागि गम्भिर हुनुप¥यो ।’


उपमहानगरले सबै बिद्यालयको शैक्षिक स्तर सुधार गर्नका निम्ति पहल सुरु गरिसकेकाले नियमित अनुगमन र निरिक्षण समेत गर्ने डा. पौडेलले बताए । उपमहानगरको कुल बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्च भईरहेकाले शैक्षिक क्षेत्रको ब्यवस्थापन र सुधारका निम्ति उपमहानगरले गम्भिरताका साथ पहल गर्ने डा. पौडेलको भनाई थियो । 


उपमहानगरमा प्राविधिक शिक्षालय, स्वरोजगारमुलक शिक्षालय र बालबिकास कक्षालाई प्रविधिमैत्री बनाउदै अघि बढ्नका निम्ति उपमहानगरले पहल गरिरहेको प्रमुख डा. पौडेलले बताए । उपमहानगरलाई समृद्ध बनाउने अभियान शैक्षिक क्षेत्रको सुधार र बिकास बिना सम्भव नहुने भन्दै उपमहानगरको अभियानमा साथ दिन आग्रह गरे । 
कार्यक्रममा नगर उपप्रमुख सरस्वती चौधरीले सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधारका निम्ति उपमहानगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताईन् । उपप्रमुख चौधरीले शैक्षिक स्तर सुधारका अभियानमा बिद्यालयका शिक्षक र अभिभावकले समेत साथ दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले शिक्षा क्षेत्रको बहुआयामिक बिकासका निम्ति बिद्यालयका प्रध्यानाध्यापककै भूमिका अहम हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । 


कार्यक्रममा प्रध्यानाध्यापकको तर्फबाट अनिल मैनालीले मन्तब्य राख्दै शैक्षिक क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा उपमहानगरलाई जानकारी गराएका थिए । पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका  ब्यवस्थापन समितिका अध्यक्ष रामदास धौजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन श्यामसुन्दर सापकोटाले गरेका थिए । कार्यक्रममा तिलक खड्का स्वागत मन्तब्य राखेका थिए ।  
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.