logo

बीरगंजलाई राजधानी बनाउने आन्दोलनको आकार फैलिदै

      1/4/2018 गते 00 00 मा प्रकाशित     1369   पटक पढिएको

बीरगंज २० पुष ।
बीरगंजमा बिहिवारबाट राजधानी बनाउने आन्दोलनले फराकिलो आकार ग्रहण गरेको छ । 
मधेश केन्द्रीत दलमा रहेका सहित एमाले कांग्रेस र माओवादीका राजनीतिक अगुवाहरु दलीय झण्डाभन्दा बाहिर रहेर आन्दोलनमा सहभागि भएका छन । 
बिहिवार वीरगञ्जको घण्टाघरबाट शुरु भएको  र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा सहित सम्पनन भयो । कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कुनै पनि हालतमा बीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

कोणसभामा बोल्दै कांग्रेस नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदेश नं २ बाट बारा पर्सा हटाउने हो भने प्रदेशको आर्थिक हैसियत थाहा लाग्ने बताए ।

उनले मधेश आन्दोलनको नाममा राजनीतिक शक्ति र सत्तामा पुगेकाहरुले बीरगंजलाई बिर्सनु दुःखद भएको बताए । उनले दुरगामी असर पार्ने राजधानीको बिाष्यमा निर्वाचित भएकाहरले जनमताको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । उनले भने “अरुले के गर्छन थाहा छैन तर हामीहरु mबीरगंजलाई राजधानी बनाउने अभियानमा निस्क्यौ ” ।

नेकपा एमालेका नेता एवं पूर्व सभासद राजकुमार गुप्ताले बरु एमाले पार्टी छोड्न तयार रहेको तर वीरगञ्ज प्रदेशको राजधानी बनाएरै छाडने बताए ।

आन्दोलनको बेला उधोगधन्धा बीरगंजको बन्दहुने नाका बीरगंजको बन्दहुने नोक्सानी बीरगंजले ब्यहोर्नु पर्ने तर राजधानी बीरगंज नहुने भन्ने कुरा सोच्न पनि नसक्ने उनको भनाई छ ।  नेता गुप्ताले भने ‘एमाले पार्टी वीरगञ्जलाई राजधानी बनाउनुहुँदैन भनेर भन्छ भने पार्टी छोड्न तयार छु तर वीरगञ्ज राजधानी हुनुपर्छ भन्ने अडानबाट पछि हट्दिन ।’

वीरगञ्ज प्रदेश नं २ को मात्रै नभएर देशकै राजधानी हुन सक्ने हैसियत राख्ने ठाउँ भएको उनको तर्क छ । कोणसभामा बोल्दै एमाले नेता शम्भु गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, युवा नेता ओम प्रकाश सर्राफ लगायतले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

यसअघि विहीबार नै नेकपा एमाले पर्साले पत्रकार सम्मेलन गरी वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी नबनाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वीरगञ्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुलना अन्य ठाउँसँग गर्न नमिल्ने भन्दै एमालेले प्रदेश नं २ को राजधानी वीरगञ्ज नै हुनुपर्ने दावी गरेको हो ।

प्रेस चौतारी नेपाल पर्साले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका जिल्ला संयोजक प्रभु हजराले प्रदेशका अन्य शहर भन्दा बीरगन्ज हरेक कुरामा अब्बल रहेको बताए । ‘रैतीलाई प्र्रजा र प्रजालाई नागरिक बनाउने आन्दोलनको शंखनाद तथा मधेश आन्दोलनको अन्तर्राष्ट्रियकरण पनि बीरगञ्जबाटै भएको हो, मध्य तराईको विकासको लागि पनि वीरगञ्ज राजधानी हुनुपर्छ ।’ संयोजक हजराले भने

वीरगञ्जलाई राजधानी बनाउने आन्दोलनको पक्षमा एमालेको सिंगो पार्टी पंक्तिकोसमर्थन रहने संयोजक हजराको भनाई छ । बर्तमान काम चलाउ सरकारले आफनो अन्तिम बेलामा गरेका नियुक्ति प्रति एमाले पर्सा असन्तोष जनाएको छ । एमालेद्वारा जारी बिज्ञप्तिमा सरकार नियुक्तिहरु बदरभागी रहेको समेत उल्लेख गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.