logo

मधेश आन्दोलनको इपीसेन्टरमा राजधानीको माग राखेर रिले अनशन शुरु

      1/5/2018 गते 00 00 मा प्रकाशित     1353   पटक पढिएको

बीरगंज २१ पुष । जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी तोकिएसंगै बीरगंजमा राजधानीको आन्दोलनले राजतीतिक तापमान बढेको छ । एमाले र नेपाली कांग्रेसका युवाहरुले राजधानीको आन्दोलनको  शुरु गरेतापनि त्यसमा जनताको सहभागिता उल्लेख्य भएन ।

अहिले राजनीतिक दल पछाडी राजधानी निर्माणका अगुवाहरु सम्मिलीत संघर्ष समिति बनाएर आन्दोलन शुरु गरेपछि आन्दोलनको आयतन पनि बढेको छ । स्वतन्त्र हैसियतमा निर्माण भएको सघर्ष समितिले आन्दोलनको आव्हान गरेपछि विस्तारै संघ संस्थाहरुले  ऐक्यबद्धता जनाउन थालेका छन ।

संघर्ष समितिको आव्हानमा वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउनुपर्ने माग राखेर आजदेखी रिले अनशन शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा राजधानीकालागि रिले अनशन शुरु भएको हो ।
राजधानी बनाउने आन्दोलनमा  बारा, पर्साका विभिन्न राजनीतिक दलका अगुवा, युवा, विद्यार्थी नेताहरुले संघर्ष समिति नै गठन गरेर दवावमुलक कार्यक्रमहरु गर्न थालेपछि मधेश केन्द्रीत दल सहितका अन्य दलका युवाहरु आन्दोलनमा उत्रिएका छन ।


रिले अनशनमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका नेता बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, राजपाका बीरगंज महानगरका पूर्व अध्यक्ष ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, एमालेका युवा नेता महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल बसेका छन् ।

मधेश आन्दोलनको केन्द्र रहेको बीरगंज राजधानी बन्नकालागि हरेक हिसावले उपर्युक्त रहेको एमाले नेता बसरुदिन अन्सारीले बताउनु भयो । वीरगञ्ज भौतीक पूर्वाधार सामाजिक तथा सास्कृतिक केन्द्रका हिसावले पनि राजधानी बन्न सक्षम छ अनशनमा बस्नु भएकि रन्जु दाहालले भन्नु भयो ‘वीरगञ्जलाई राजधानी घोषण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।


पर्सा जिल्लामा ४ सासद  ५ प्रदेश सभा बीरगंज महानगर सहित स्थानीय तहमा पहिलो शक्तिको रुपमा रहेको संघीय समाजवादी फोरम नेपाल पर्सा भने बीरगंजलाई राजधानी बनाउने आन्दोलनमा मौन रहेको छ । पार्टी मौन रहेपनि बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी आज अनशनस्थलमा गई अनशनकारीलाई माला लगाई सम्मान गर्दै आन्दोलनमा आफनो साथ रहने बचन दिनु भयो । 


    मेयर सरावगीको समर्थनले आन्दोलनलाई उर्जा मिलेको संघर्ष समितिले जनाएको छ । अनशनस्थलमा पुगेर मेयर सरवागीले आन्दोलनकालागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।


उहाँले महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.